काठमाडौं : प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास)ले शनिबारको कैदी आदानप्रदान कार्यक्रम अन्तर्गत चार जना इजरायली महिला बन्धकलाई रिहा गरेको छ ।
बन्धकहरूलाई सुपुर्दगी गरिएको गाजाको एक चोकमा रेडक्रसका चारवटा गाडीमा इजरायलतर्फबाट करिब २०० प्यालेष्टिनीलाई ल्याई उनीहरू र चार इजरायली बन्धक महिलाको आदानप्रदान गरिएको एएफपीका एक संवाददाताले बताएका छन् ।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
कैदमा रहँदा अल्बाग १९ वर्षका भए भने अन्य सबै २० वर्षभन्दा माथिका इजरायली हुन् । चारै जना इजरायली सेना सैनिक हुन् ।
काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...
काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...