‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश – Naya Bikalpa
February 6, 2025, Thursday

‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अदालतको अल्पकालीन आदेश

काठमाडौं : काठमाडौं जिल्ला अदालतले भोलिदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन आदेश दिएको छ ।

अर्को चलचित्र ‘एक्टर’का निर्माताहरूले नाम जुधाएको भन्दै ‘एक्टर टेक वन’को प्रदर्शन रोक्न माग गर्दै शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।

नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले दिएको रिटमा मंगलबार न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले प्रदर्शन राेक्ने अल्पकालीन आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

चलचित्र भोलिबाट देशभरका हलहरुमा लगाउन निर्माण पक्षले सबै तयारी गरिसकेको थियो भने हिजो मात्रै प्रिमियर शो आयोजना गरिएको थियो ।

भोलि र पर्सी सार्वजनिक विदा भएकाले त्यसको फाइदा उठाउने आशा निर्माताहरुले लिएका थिए । तर अदालतको आदेशपछि फिल्मको प्रदर्शन नै रोकिँदा निर्माताहरुलाई घाटा हुने भएको छ ।

सम्बन्धित समाचार

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ माघ १५, १७: २६

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ माघ १५, १७: २६

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...

प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
  • २०८१ माघ १५, १७: २६

काठमाडौं : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त...