वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा. कोइराला – Naya Bikalpa
February 6, 2025, Thursday

वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा. कोइराला

मोरङ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताएका छन् ।

पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै नेता डा कोइरालाले मुख्यरुपमा संविधान संशोधन, आर्थिक विकास र मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार मुक्त समाज निर्माण गर्ने उद्देश्य पूरा गर्ने समयसम्म सरकार रहने प्रष्ट पारे ।

नेता डा कोइरालाले प्रतिपक्षी दलसँग वार्ता एवं छलफल गरी सहमतिका आधामा संविधान संशोधन गरेमा सबैको अपनत्व कायम हुने सुझाव दिए । उनले प्रतिनिधिसभाको निर्वाचनमा समावेशीतालाई कायम राखी प्रत्यक्ष निर्वाचन गराएमा निर्वाचनको समस्या समाधान हुनुका साथै राजनैतिक स्थिरता कायम हुने बताए ।

प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापाले जनतामाझ छलफल गरी संविधान संशोधन गर्न सुझाव दिए । पूर्वमुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानीबाट ल्याएको संघीयतालाई कार्यान्यवन गर्नु हामी सबैको कर्तव्य रहेको बताए । संविधानविद् वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्यले भाषाको शुद्धाशुद्धि, अवधारणको त्रुटि र संविधानको अन्तरवस्तु संशोधन गर्नु आवश्यक भएको सुझाव दिए । उनले राष्ट्रपति पद राजनीतिक नभएको भन्दै न्यायालय स्वतन्त्र भएमा लोकतन्त्र वलियो हुने धारणा राखे ।

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं वुद्धिजीवी विभागकी प्रमुख डा डिला सङ्ग्रौलाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न र आर्थिक समृद्धि ल्याउन संविधान संशोधन आवश्यक भएको विचार राखिन् । लयर्स एशोसिएशनका अध्यक्ष सीताराम केसीले भ्रष्टाचार अन्त्य र मुलुकमा सुशासन कायम गर्न संविधान संशोधन आजको आवश्यकता भएको बताए ।

नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू र विभागका प्रदेश अध्यक्ष राम थापाले मानव विकासका लागि संशोधन गर्नुपर्ने सुझाव दिए । वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले संविधान संशोधनका विषयबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित समाचार

सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा
  • २०८१ माघ १७, २०: २३

काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...

युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
युक्रेनी सेनाको कब्जामा परेका २ नेपालीको उद्धार
  • २०८१ माघ १७, २०: २३

काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०८१ माघ १७, २०: २३

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...