
एजेन्सी,
काठमाडाैं- लेबनानको राजधानी बेरूतमा विस्फोटक पदार्थ विष्फोटमा परि मृत्यु हुनेकाे संख्या एक सय ३५ पुगेकाे छ । साे विस्फाेटमा परि ४ हजार बढि मानिस घाइते भएको रोयटर्स समाचार संस्थाले जनाएको छ।
सो गोदाममा २७ सय ५० टन एमोनियम नाइट्रेट भण्डारण गरिएकाे र साे सवै विस्फाेट हुदा स्थित भयावह भएकाे अन्तराष्ट्रिय समाचार सस्थाहरूले जनाएका छन् ।

विगत ६ बर्षदेखि विना कुनै सावधानी तथा सुरक्षा विना राखिएकाे उक्त विस्फाेटमा मारिने मानिसकाे संख्या बढनसक्ने अधिकारीहरूले बताएकाे राेयटर्स ले जनाएकाे छ ।
लापरवाही पुर्ण रूपमा भण्डारण गरेर राखिएको बताउँदै लेबनानका राष्ट्रपति मिचेल अउनले साे घटना अक्षम्य रहेकाे भएको बताएका छन्।

घटनालाई लिएर लेवनान सरकारले बुधबार मन्त्रीपरिषदको आपतकालिन बैठक बाेलाएकाे छ । अत्यान्तै ठुलाे घटनापछि राष्ट्रपति मिचेल देशमा दुई साता आपतकालको घोषणा गर्नुपर्ने बताएका छन्।
त्यस्तै लेवनानका प्रधानमन्त्री हसन डायबले उक्त घटनामा गैरजिम्वार रहेकालाई कानुनी दायरमा ल्याइने बताएका छन्।
साे विस्फाेटकाे आवाज छिमेकी मुलुक साइप्रससम्म सुनिएको राेयटर्सले जनाएकाे छ ।

प्रेमचन्द्र झा गाैर : रौतहट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका राजेश कुमार चौधरी विजयी भएका...
काठमाडौंः चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की उम्मेदवार सोविता गौतम फराकिलो मतान्तरले विजयी भएकी छिन् । गौतम ५९ हजार...
झापा : झापा निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ। खसेको १ लाख ६ हजार ३७२...