काठमाडौं : नेपाली कांग्रेसले अछाममा सरस्वती पूजामा विद्यालयभित्रै जातीय विभेद भएको घटना तथा सर्लाहीका सत्येन्द्र राम र नेहा रौनियारबीचको अन्तरजातीय विवाह गर्ने दलित युवामाथि परिवार र राज्यबाट भएको अत्याचारको घटनाप्रति आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागले एक विज्ञप्ति जारी गर्दै यी घटनाहरुप्रति आपत्ति जनाउँदै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
अछामको साँफेबगर नगरपालिका वडा नं. ९ स्थित बुढाकोट मा.वि.मा भएको सरस्वती पूजाका लागि बोलाइएका स्थानीय पुजारी चेतराज भट्टले उक्त विद्यालयमा अध्ययन गर्ने दलित समुदायका विद्यार्थीहरु, अभिभावकहरु र अभिभावक संघका अध्यक्ष सर्जन परियारसमेतलाई सालको पातमा टीका बेरेर टाढैबाट भुइँमा राखिदिएको घटना सार्वजनिक भएको थियो ।
विभागकी प्रमुख लक्ष्मी परियारले विज्ञप्तिमार्फत यी घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेकी छन् । साथै पीडितलाई उचित क्षतिपूर्तिको समेत व्यवस्था गर्न पनि विभागको माग छ ।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...