काठमाडौं : भारतको ७७ औं सेना दिवसको अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले एक विशेष समारोहको आयोजना गरेको छ । समारोहमा नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देल प्रमुख अतिथिको रुपमा सहभागी थिए ।
समारोहलाई सम्बोधन गर्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत र नेपालबीचको ऐतिहासिक सम्बन्धको चर्चा गरेको भारतीय दूतावासले मंगलबार एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । उनले भारतीय सेनामा गोर्खा सैनिकहरुले पुर्याएको योगदानको उच्च प्रशंसा गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानसेनापति सिग्देलले भारतका सेनाध्यक्ष एवम् नेपाली सेनाका मानार्थ महारथी उपेंद्र द्विवेदीलाई तथा सम्पूर्ण भारतीय सेना भ्रातृत्वलाई भारतको ७७औं सेना दिवसको शुभकामना व्यक्त गरे । दुई देशका सेनाबीचको गहिरो सम्बन्धको चर्चा गर्दै उनले नेपाली सेनाको क्षमता विकासमा भारतीय सेनाले गरेको सहयोगको प्रशंसा गरे । भारतीय सेनाका वीरता पुरस्कार विजेता गोर्खा सैनिकलाई पनि प्रधानसेनापति सिग्देलले सम्मान गरे ।
कार्यक्रममा दुई देशका सेनाका उच्च अधिकारीहरु, कुटनैतिक व्यक्तित्वहरु, सरकारी अधिकारीहरु र पत्रकारहरुको उपस्थिति थियो ।
काठमाडौं : राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर भएको छ । सुरक्षा उपकरण...
काठमाडौं : ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका २ नेपाली युवाको उद्धारपछि शुक्रबार नेपाल आइपुग्ने भएका छन् । दलालको प्रलोभनमा...
काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...