कांग्रेसले काम गर्छ, तर प्रचार गर्दैन : परराष्ट्रमन्त्री राणा – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

कांग्रेसले काम गर्छ, तर प्रचार गर्दैन : परराष्ट्रमन्त्री राणा


कैलाली : परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले नेपाली कांग्रेसले काम गर्ने तर प्रचार भने नगर्ने गरेको बताएकी छन् ।

नेपाली कांग्रेस थारु विभाग र नेपाल थारु संघको संयुक्त आयोजनामा आज कैलालीमा आयोजित प्रथम कैलाली जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री डा राणाले भनिन्, ‘नेपाली कांग्रेसले नेपालमा जातीय मुक्ति एवं जनजातिको अधिकार स्थापित गर्ने क्षेत्रमा धेरै काम गरेको छ तर आफूले गरेका कामको प्रचार कहिल्यै गर्दैन ।’

नेपाली कांग्रेस नेपालका सबै जाति, जनजाति, दलित, मधेशी एवं थारु लगायत सबैको साझा पार्टी हो भन्दै नेपालका यी समुदायको अधिकार स्थापित गर्न कांग्रेसले विगतदेखि नै काम गरेको उनले स्पष्ट गरिन् ।

उनले भनिन्, ‘विपी कोइरालाले उहिल्यै परशुनारायण चौधरीलाई पार्टीको महामन्त्री बनाउनुभएको थियो भने अहिले पनि पार्टीले थारु विभाग नै गठन गरेको छ । राज्यका महत्वपूर्ण स्थानमा थारु समुदायका व्यक्तिलाई पुर्याउनका लागि पनि कांग्रेसले विगतदेखि नै काम गरेको छ ।’

उनले नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका बेला विसं २०५८ मा कमैया मुक्तिका साथै महिला आयोग र दलित आयोग गठन गरेको प्रसंग उल्लेख गर्दै मन्त्री डा राणाले भनिन्, ‘नेपालमा सामाजिक आन्दोलनका क्षेत्रमा कांग्रेसले धेरै काम गरेको छ, तर यसको प्रचार गर्ने काम भने कांग्रेसले कहिल्यै पनि गर्दैन ।’

आफू पनि बर्दियाको थारु बस्तीमै हुर्किएको स्मरण गर्दै मन्त्री डा राणाले आफूले नेपालका थारु जातिलाई इमान्दार, संस्कृति र परम्पराका धनी तथा आफ्ना काममा प्रतिबद्ध जातिका रुपमा चिनेको पनि बताइन् ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ माघ २६, १९: ४३

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ माघ २६, १९: ४३

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ माघ २६, १९: ४३

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...