
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार साउनमा देशैभरिका किसानहरू चर्को घाम र पानीको प्रवाह नगरी सहकारी र डिपोहरूका अगाडि मलको लागि घण्टौँ लाइन बस्न बाध्य हुने गर्छन् । तर बिडम्बना, दिनभरि लाइन बस्दा पनि मलको गेडो हात लाग्दैन । हुन त हरेक सरकारले हरेक वर्ष यसपालि मलको अभाव हुन दिइँदैन भनेर आश्वासन दिने गर्छन् । तर व्यवहारमा किसानले कुनै पनि वर्ष सहज ढंगबाट मल पाउन सकिरहेका छैनन् । यो वर्ष पनि पुरानै गल्ती र ढिलासुस्ती दोहोरिने खतरा छ ।
नेपाल कृषिप्रधान मुलुक भनिए तापनि कुल गार्हस्थ्य उत्पादनमा ठूलो योगदान पु¥याउने किसानहरु सधैँ राज्यको उपेक्षामा पर्ने गरेका छन् । सरकारमा बस्नेहरुले भुल्न नहुने बास्तविकता के हो भने किसानले बेलैमा मल र बीउ नपाउँदा कृषि उत्पादन घट्ने मात्र होइन, यसले देशको अर्थतन्त्र र खाद्य सुरक्षामा समेत असर पारेको हुन्छ ।
त्यसकारण त्यो अवस्था आउन नदिनका लागि सरकारले समयमै टेण्डर गरी खरिद प्रकृया अघि बढाउन कत्ति पनि ढिलाई गर्नु हुदैन । मल आपूर्ति भइसकेपछि पनि जिल्ला जिल्लाका डिपोमा पर्याप्त मलको व्यवस्था गर्नुपर्छ । त्यसो गर्दा पनि बास्तविक किसानले मल नपाउन सक्छन् । कालोबजारी गर्नेहरुका गोदाममा मल थुप्रिन सक्छ । जसले गर्दा भोलिका दिन मलको कृत्रिम अभाव सिर्जना गरी फेरी पनि बास्तविक किसानहरु महंगोमा किन्न बाध्य हुन्छन् । त्यसकारण कालोबजरीमाथि कडा निगरानी राख्ने दायित्व पनि अन्ततः सरकारकै हुन आउँछ ।
दिन उजेली सुती गुमाई रात उजेली बिस्कुन सुकाई भन्ने नेपाली उखान जस्तै नहोस् किसानलाई समयमा मल उपलब्ध गराउने कुरा । कृषि मन्त्रालय, कृषि सामग्री कम्पनी जस्ता निकायहरूले एक–अर्कामाथि दोषारोपण गरेर पन्छिने होइन । हरेकले आ आफ्नो दायित्व पूरा गर्नैपर्छ । अब किसानलाई आश्वासन होइन, खेतमा हाल्ने मल समयमा चाहिएको हो । यदि यस पटक पनि मलको अभावले किसानको टाउको दुखाई भयो भने त्यो राज्यका लागि लाचारी सिवाय अरु केही हुने छैन । यसतर्फ सरकारले बेलैमा सोध्नु जरुरी छ ।
१. नेपालीकांग्रेसको आगामीमहाधिवेशनकहिले हुुन्छ ? नेपालीकांग्रेसको विवादले नयाँआकार लिनथालेको छ । सामान्यतयाअहिलेभन्दापनि धेरै ठुला संकटको सामना गरेर आजको अवस्थासम्म...
काठमाडौं । १४औं महाधिवेशनका देउवा पक्षीय नेताहरुले विधि विधानलाई लत्याउँदै गएका कारण पार्टीभित्र र बाहिर ठूलो आक्रोश बढ्दै गयो ।...
१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...