काठमाडौं उपत्यका यतिखेर धुलोधुवाँका कारण वातावरण झन्झन प्रदुषित हुँदै गएको छ । काठमाडौं उपत्यकाको भित्री सडकको निर्माण कार्य प्रत्येक आर्थिक वर्षको अन्त्यमा रातारात गरेर बजेट सिध्याउने कामले यस वर्ष पनि निरन्तरता पायो ।
यसरी रातारात गरिएको कामको कुनै लेखाजोखा तथा जाँच पास नगरी ठेकेदार कम्पनीले भूक्तानी लिँदै जाने र तिन महिनापछि बनाएका सडक तथा विकासका कार्यहरु भत्कदै जाने क्रमले सँधै निरन्तरता पाउने हो भने सुन्दर उपत्यका सँध्र कुरुप हुने देखिन्छ ।
तथापी बीसौं वर्षदेखि स्थानीय निकायमा निर्वाचन नुहँदा कर्मचारीबाट लापारवाही भयो भन्नेहरुनै अहिले जानप्रतिनिधी भएर आएपछि पनि काम कारवाही उही ढर्राबाट हुनु बिडम्बना नै हो स्थानीय निकाय अन्तर्गतमा बनेका सडक, पर्खाल, बाटोघाटो, पुल पुलेसा धमाधम खाल्डाखुल्डी पर्दै भत्कीन सुरु भईसकेका छन् ।
बीसौं वर्षपछि जनप्रतिनिधीमूलक स्थानीय सरकारले पनि यसरी विकास निर्माणमा ध्यान नपु¥याउनु भनेको लोकतन्त्रको संस्थागत विकासलाई अवरुद्ध हुनु हो । एक वर्ष नबित्दै स्थानीय निकायहरुमा अनियमितता हुन थालेको गुनासाहरु आउन थालेका छन् ।
कतिपय ठूला खालका विकास निर्माणका कार्यहरु सम्बन्धित स्थानीय निकायको प्रमुख उपप्रमुखकै मिलोमतोमा हुने गरेको पनि पाइन्छ । एक वर्ष नबित्दै धेरै स्थानीय सरकारसँग सर्वसाधारणहरु दिक्क हुन थालेका छन् ।
उपत्यकोको मुल सडक चौथो बिम्स्टेक शिखर सम्मेलन हुन लाग्दा रातारात सडक मर्मत गर्ने र खाल्डाखुल्डी पुर्ने काम भएको भएता पनि स्थायी रुपमा समाधान भने भएको देखिदैन । किनकी बर्षायामको पानीले बिगारेको खाल्डाखुल्डी तथा भत्केको बाटोमा धुलोधुँवा अत्येधिक उडेको कारण उपत्यकामा नै कुईरीमण्डल हुन थालेको छ ।
हाल कलंकीदेखि नागाढुंगाको सडक विस्तार गर्ने कार्य वर्षौसम्म पनि पुरा नभएकोले सँधै उक्त सडकहरु भत्काउने र बाटो चौडा गर्ने कामले निरन्तरता पाइरहेको छ । यसरी वर्षौसम्म पनि भत्काउने र खाल्डा पुर्ने काम सम्पन्न हुन नसक्दा पानी पर्दा सडक हिलाम्य हुने र घाम लाग्दा धुलो उडेर उपत्यकाको शहर नै कुईरीमण्डल भएको देख्न सकिन्छ ।
यसबाट उपत्यकाका बासिन्दाहरुको स्वास्थमा समेत गम्भीर असर पर्ने र जीवन यापन नै कष्टकर बन्दै गइरहेको छ । कलंकीदेखि नागढुंगा, कोटेश्वरदेखि कलंकी र चावहिलदेखि साखुँसम्मको सडकबाट उडेको धुलोले उपत्यका वासीलाई उकुसमुकुस बनाएको छ भने रगंरोगन गरेका घरहरुलाई समेत कुरुप बनाएको छ ।
उपत्यका छिर्ने मुल नाकाको रुपमा रहेको नागढुंगा सडक वर्षौसम्म पनि निर्माण सम्पन्न नभएका कारण दैनिक अनगिन्ति सवारी यातायातका साधन समेत हैरानी खेप्न बाध्य छन् । कलंकीको चौतर्फी आगमनलाई सुचारु रुपले संचालन गर्ने भन्दै एक वर्ष अगाडिबाट सुरु भएको अण्डरग्राउण्ड तयारी भइसक्दा पनि व्यवस्थापन राम्रो हुन सकेको छैन ।
सडक हिँड्ने बटुवादेखि सडकमा चौबिस घण्टा डियुटीमा बस्ने ट्राफिक प्रहरीलाई समेत स्वास्थ्यमा गम्भीर असर परेको वर्षौ भइसक्दा पनि सम्बन्धित निकायको ध्यान भने जान सकेको छैन । कलंकीदेखि नागढुंगासम्म पुग्न आधा दिन बित्ने र उक्त क्षेत्रका बासिन्दाले धुलो र धुवाँको चपेटाबाट मुक्ति कहिले पाउने हो एकिन भएको छैन ।
कलंकी तिनथाना, नैकाप, गुर्जुधारा, सतुंगल, थानकोट स्मारक हुँदै नागढुंगा पुग्न आधा दिन लाग्ने र धुलोधुवाँबाट निस्सासिने अवस्थाको अन्त्य गर्ने कुरामा सरकार उदासिन हुनुले कतै सरकारको पनि ठेकेदार कम्पनीसँग मिलेमतो त छैन ? बहुमतको सरकार बन्ने बितिकै मन्त्रीहरुले ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कारवाही गर्छु भन्दै प्रचारवाजी गरे पनि अहिलेसम्म कसैलाई पनि कारवाही भएको छैन । वातावरण विज्ञजस्तो गर्दै सडक सडकमा गएर प्रदुषण नाप्ने मन्त्रीहरु अहिले कता हराएछन् ? उपत्यका वासीले प्रतिप्रश्न गरिरहेका छन् ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...