
नेपालीहरुको राष्ट्रिय चाडपर्वहरु नजिकिँदै आईरहेको छ । भर्खरै मात्र हिन्दू नारीहरुले हरितालिका तिज मनाए । नेपालीहरुको अर्को ठूलो चाडपर्व विजया दशमी दीपावली पनि नजिकिँदै छ । कुनै पनि चाडपर्व मनाउँदा झन्झटिलो र भड्किलो हुनबाट बचाउनाले मात्र धर्म, सँस्कृतिलाई चीरस्थायी बनाउन सकिन्छ ।
त्यसैले चाहे नारीको महान् हरितालिका तिज होस् या सबैले मान्दै आएको वडा दशैनै किन नहोस् ? बढी भड्किलो र खर्चिलो हुनबाट बचाउन सबै तह र तप्काबाट लाग्नुपर्ने हुन्छ । यस पटकको हरितालिका तिज कार्यक्रम निकै अगाडिदेखि दरखाने भन्दै महिलाहरुले धुमधामसँग मनाउँदै सिध्याए ।
नेपालमा मात्र होइन विदेशमा रहेका महिलाहरुले पनि तिज कार्यक्रम भन्दै नाच्दै गाउँदै भोजभतेर खाँदै मनाएको देखियो । यसरी महिलाहरुले चार दिनसम्म मनाईने तिजमा रंगीचंगी पोसाक गरगहनाले सजिएको नेपाली महिलाहरुलाई कला, सँस्कृतिको साथसाथै सौन्दर्यताले भरिपूर्ण भएको देखियो । यति हुँदा हुँदै हरितालिका तिज चार दिनससम्म नेपाली संस्कृतिमा रमाउँदै, नाच्दै बिताईने पर्वलाई महिनौदेखि भोजभतेरमा परिणत गरेर भड्किलो बनाउने कार्यले आम जनमानसले भने असहज जस्तो महशुस गरे ।
महिनौ अगाडिदेखि महिलाहरुले विभिन्न समूह तथा राजनैतिक दलका भातृ र भगीनी संस्थाको नामबाट गरिने यस्ता कार्यक्रम राजनैतिक रंग नभरिकन गरेको भए पनि हुन्थ्यो, तर त्यसो गरिएन । राजनीतिक रंग दिँदा कुनैपनि धर्म संस्कृतिमा विसंगति, विकृति भित्रिने संभावना बढी रहन्छ ।
प्रधानमन्त्री निवास बालुवाटारदेखि काभे्रमा भएको भोजभतेर र नाचगानले प्रधानमन्त्री निवासलाई नै वद्नाम गरायो । काभ्रेको तिज कार्यक्रममा प्रमुख अतिथि भएर गएकी प्रदेश नं ३ की सांसद गोमा भुर्तेल नै सिकिस्त बिरामी हुनु पुगिन । यस्तो भड्किलो कार्यक्रमले गर्दा प्रदेश बिधाइकानै दुर्घटनामा परिन । त्यसैले यस्ता परम्पराको नाममा गरिने भड्किला कार्यक्रमले समाजमा, विकृति, विसंगति ननिम्त्याउँला भन्न सकिन्न । प्रधानमन्त्री निवास बालुवाटारमा समेत नाचगान गर्ने थलो बन्नु बिडम्बना नै हो ।
नीति, नियम बनाउने र नेपाली जनताको राजनैतिक केन्द्रको मात्र नभएर सामाजिक, आर्थिक क्षेत्रको विकासको केन्द्रबिन्दु समेत भएको प्रधानमन्त्रीको बालुवाटार निवास समेत यस पटक तिजको कार्यक्रमले बद्नाम हुन पुग्यो । यसरी नेपाली जनताको भावना विपरित गरिने कुनैपनि काम समाजले राम्रो मान्दैन ।
राजनीतिमा निकै खारिएका स्वयम् प्रधानमन्त्री के.पी. शर्मा ओली समेत तिजको कार्यक्रम अथवा अन्य कार्यक्रम जे भएपनि प्रधानमन्त्री निवास समेत अछुतो हुन सकेन । सात÷आठ सय व्यक्तिहरुलाई बोलाएर यस्ता भड्किलो कार्यक्रम गर्ने स्थान बालुवाटार होईन, पार्टी प्यालेसमा गर्ने कार्यक्रम सुरक्षाको दृष्टिकोणबाट बाहिर नजाने भन्ने तर सात सय मानिस बालुवाटारमा बोलाएर भोजभतेर गर्ने सुरक्षा की असुरक्षा ?
काठमाडौं लगायत विभिन्न स्थानहरु पार्टी, प्यालेसदेखि कौसीकौसीमा गरिएको नाचगानका साथसाथै काभ्रेको कासकोट भन्ने स्थानमा भएको भोजभतेरले दुई सय जना महिला बिरामी भए, प्रमुख अतिथि गोमा भुर्तेल बिरामी परेर अस्पतालमा छटपटाइ रहनु प¥यो । त्यसैगरी अन्य महिलाहरु सिकिस्त बिरामी परेर काभ्रेको अस्पतालदेखि काठमाडौंसम्म ल्याउनु प¥यो ।
कति महिलाहरुसँग उपचार गर्ने पैसा समेत भएन । यि सबै चाडपर्वले ल्याएका विकृति, विसंगति हुन् । त्यसैले धर्म, संस्कृति अनुसार गरिने कुनैपनि चाडपर्वलाई सरल र सुलभ तरिकाले मनाउँदै जाँदा एक त खर्च कम लाग्ने र अर्कोतिर समयको समेत बचत हुने हुँदा जुनसुकै चाडपर्व पनि भड्किलो र खर्चिलो हुनबाट रोँकांै ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...