दुई तिहाईको बलमा संसदलाई कार्यकारीको छायाका रुपमा उपयोग गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकारले परराष्ट्र मामलालाई पनि नेकपाकै खेलौनाका रुपमा लिन थालेको छ । भेनेजुएलाबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सोही पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले दिएका वक्तव्यहरुले त्यही सन्देश दिएको छ ।
परराष्ट्र नीति सिंगो देशकै एक हुनुपर्दछ । तर, नेकपा र सरकारबीच नै भेनेजुयलाका सम्बन्धमा केही फरक दृष्टिकोण आउनु परराष्ट्र नीतिमा जोखिमपूर्ण खेलाची गर्नु हो, उत्ताउलोपन हो ।
नेकपाका अध्यक्ष प्रचण्डले भेनेजुएलामा लोकतन्त्रका लागि चलिरहेको आन्दोलनमा अमेरिकाले सहयोग गर्नुलाई ‘हस्तक्षेप’का रुपमा लिंदै वक्तव्य दिए । उनको वक्तव्यले सोझै अमेरिकी परराष्ट्र नीतिमा नेकपाले हस्तक्षेप गर्न खोजेको रुपमा लिन सकिन्छ । यो बालपनमात्र होइन, सदियौदेखि नेपालको विकासमा सहयोग गर्दै आएको महाशक्ति राष्ट्रलाई चिढ्याउने कुटिल नियतले आएको अस्त्रका रुपमा लिन सकिन्छ ।
अमेरिकालाई चिढ्याएर अन्य कुनै देशलाई खुसी पार्ने प्रचण्ड नियत यसले देखाउँछ र, सत्ताधारी नेकपा अब संसारका प्रजातान्त्रिक देशसँग होइन, कम्युनिष्ट शासन रहेका देशहरुको कित्तामा उभिन चाहन्छ भन्ने घातक सन्देश नेकपाको वक्तव्यले दिएको छ ।
प्रचण्ड वक्तव्यले कुटनीतिक क्षेत्रमा खैलाबैला मच्चायो । अमेरिकाले नेपाल सरकारसँग सो वक्तव्यबारे धारणा माग ग¥यो । दबाबमा परेपछि परराष्ट्र मन्त्रालयले पनि भेनेजुयला प्रकरणमा अमेरिकी हस्तक्षेप भयो भन्ने सन्देश जाने वक्तव्य दिएर आगोमा घिउ थप्ने काम ग¥यो । महाशक्ति अमेरिकालाई चिढ्याउन सरकारी वक्तव्य झन् सहयोगी बनिदियो ।
प्रचण्ड वक्तव्य विगतमा प्रचण्डले जनयुद्धदेखि शान्ति प्रकृयासम्म लिएको नीति विपरित छ । किनकी शान्ति प्रकृयालाई निष्कर्षमा पु¥याउन प्रचण्डले विदेशी राष्ट्रको सहयोग लिएको घट्ना धेरै पुरानो भइसकेको छैन । विगतमा आफूले विदेशीको सहयोग लिने अनि भेनेजुएलाका प्रजातन्त्र पक्षधरलाई अमेरिकाले गरेको समर्थनलाई विरोध गर्ने प्रचण्ड कुटनीति आलोकाँचो भयो ।
नेकपा र सरकारको भेनेजुएलाबारेको वक्तव्यले शक्ति राष्ट्र अमेरिकालगायत प्रजातान्त्रिक कित्ताका देशहरुलाई नेपालबारे सोच्न बाध्य बनाइदिएको छ । अब उनीहरुले नेपालसँग गर्ने कुटनीतिक व्यवहार के कस्तो होला ? त्यो देखिदै जाने विषय हो ।
जोखिमहरु बढ्ने देखिदैछ । जसमा सत्ताधारी नेकपाको पछिल्लो कुटनीतिक बालपनले नेपालको विकासमा ठूलो धनराशी खर्च गरिरहेका प्रजातान्त्रिक देशहरुबाट आउने सहयोगमा तलमाथि हुन सक्छ । यसले समृद्ध नेपालको सपनामा घात हुनेछ । खासगरी चीन, रुसलगायत कम्युनिष्ट सत्ता चलिरहेका देशहरुले नेपालमा बढी चलखेल गर्ने मौका पाउने छन् । यसले नेपालबारे विश्वका देशहरु विभाजित हुने सम्भावनालाई निम्त्याएको छ ।
कुटनीतिमा ख्यालख्याल गर्दा हुने यही हो । यस्तै अपरिपक्व कुटनीतिले धेरै देशहरुमा वैदेशिक हस्तक्षेप निम्तिएका छन्, ती देशले दुख पाएका छन् । सत्ताधारी नेकपाले यही चाहेको हो भने कसैको केही लाग्दैन । अन्यथा नेकपा सत्ता सच्चिनु पर्दछ, अहिले देखिएको कमजोरी बेलैमा सच्याउनु पर्दछ र भविष्यमा कुटनीतिमा परिपक्वता देखाउनु पर्दछ ।
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...