महासंघको ऐतिहासिक फड्को – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

महासंघको ऐतिहासिक फड्को

राष्ट्रिय समृद्धिका लागि सञ्चारः गुणात्मक, व्यवसायिक र सुरक्षित पत्रकार भन्ने मूल नारा लिएर ऐतिहासिक नगरी पर्यटकीय नगरी पोखरामा यही नौं र दश गते नेपाल पत्रकार महासंघको साधारण सभा तथा विधान अधिवेशन सम्पन्न भएको छ । यो साधारणसभा मुख्य रुपमा दुई ओटा विषयहरुमा केन्द्रीत थिए । मुख्य रुपमा आफ्नै विषयमा केन्द्रीत रहेको थियो ।

जसअनुसार निकै लामो समयदेखि महासंघको निर्वाचन प्रणालीमा विवाद उत्पन्न भई रोकिएको प्रत्यक्ष निर्वाचन प्रणाली यस पटक पास भएको छ । उक्त प्रस्ताव जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला पश्चात विधिवत रुपमा केन्द्रले साधारण सभामा पेश गरेको हो । हाल नेपाल पत्रकार महासंघको १० प्रदेश अन्तरर्गत ७६ जिल्ला शाखा, ४१ प्रतिष्ठान शाखा, १२ यसोशियट र ८ वैदेशिक शाखा रहेका छन् ।

ति सबै शाखाहरुको मतदाताहरु १३ हजार १३० जना सञ्चारकर्मीहरु नेपाल पत्रकार महासंघमा आबद्ध छन् । संघीय गणतान्त्रिक संविधान कार्यान्वयन सँगसँगै प्रदेशदेखि बैदेशिक शाखासम्म प्रत्यक्ष निर्वाचन प्रणालीनै अबलम्बन हुँदै आएको थियो । केन्द्रमा मात्रै राष्ट्रिय पार्षद् प्रणालीद्वारा केन्द्रीय नेतृत्व चयन हुने व्यवस्था थियो ।

यसरी निर्वाचन प्रणालीमा दोहोरो मापदण्ड भएको भन्दै पटक पटक विवाद जन्मिएका कारण नेपाल पत्रकार महासंघको निर्वाचन प्रणाली पूर्ण रुपमा प्रत्यक्ष निर्वाचनमा गएको छ । यसरी नेपाल पत्रकार महासंघको यो साधारण सभा तथा विधान अधिवेशनले नेपाल पत्रकार महासंघलाई अझ बढी जिम्मेवार बनाउन, पारदर्शी हुन र प्रेस स्वतन्त्रता संकुचित गर्ने कार्य हुन नदिन बल मिलेको छ ।

प्रत्येक साधारण सदस्यलाई नेतृत्व चयन गर्ने अवसर प्रदान भएको छ । संघीय लोकतन्त्र बलियो बनाउन महासंघको इतिहासमै महत्वपूर्ण भूमिका रहने विश्वास जनमानसमा समेत उब्जिएको छ । नेपाल पत्रकार महासंघको यो महत्वपूर्ण विषय बाहेक वर्तमान अवस्थामा अन्य मुद्दाहरु पनि जटिल बन्दै गएका छन् । त्यसका लागि पनि पोखरामा सम्पन्न साधारण सभाले केन्द्रीय नेतृत्वलाई बलियो बनाउन उर्जा मिलेको आम पत्रकारहरुको धारणा रहेको छ ।

यसका अलावा वर्तमान अवस्थामा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक हनन हुन नदिन नेपाल पत्रकार महासंघको साधारण सभाले निर्देशन समेत गरेको छ । विधान संशोधनसँगै साधारण सभाले सत्र बुँदे विशेष प्रस्ताव समेत पास गरेको छ । जसअनुसार पूर्ण लोकतन्त्रका लागि नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि कहिकतैबाट पनि संकुचित हुन नदिने प्रण समेत गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनसँगै स्थापना भएको प्रदेश सरकारले बनाउने नीति, नियम प्रेसमैत्री बनाउन आग्रह समेत गरिएको छ ।

संघीय सरकारले संसदमा कानुन निर्माण गरिरहँदा कुनै पनि कानुनले प्रेस स्वतन्त्रता हनन हुन नदिन र प्रदेश सरकारले कानुन निर्माण गर्दा प्रेसमैत्री बनाउन समेत यो साधारण सभाले विशेष रुपमा प्रस्ताव पास गरेको छ । ऐतिहासिक नगरी पोखरामा सम्पन्न नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन नेपाली पत्रकारिताको ऐतिहासिक फड्को भएको मान्न सकिन्छ ।

सअनुसार निकै लामो समयदेखि महासंघको निर्वाचन प्रणालीमा विवाद उत्पन्न भई रोकिएको प्रत्यक्ष निर्वाचन प्रणाली यस पटक पास भएको छ । उक्त प्रस्ताव जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेला पश्चात विधिवत रुपमा केन्द्रले साधारण सभामा पेश गरेको हो ।

हाल नेपाल पत्रकार महासंघको १० प्रदेश अन्तरर्गत ७६ जिल्ला शाखा, ४१ प्रतिष्ठान शाखा, १२ यसोशियट र ८ वैदेशिक शाखा रहेका छन् । ति सबै शाखाहरुको मतदाताहरु १३ हजार १३० जना सञ्चारकर्मीहरु नेपाल पत्रकार महासंघमा आबद्ध छन् । संघीय गणतान्त्रिक संविधान कार्यान्वयन सँगसँगै प्रदेशदेखि बैदेशिक शाखासम्म प्रत्यक्ष निर्वाचन प्रणालीनै अबलम्बन हुँदै आएको थियो । केन्द्रमा मात्रै राष्ट्रिय पार्षद् प्रणालीद्वारा केन्द्रीय नेतृत्व चयन हुने व्यवस्था थियो ।

यसरी निर्वाचन प्रणालीमा दोहोरो मापदण्ड भएको भन्दै पटक पटक विवाद जन्मिएका कारण नेपाल पत्रकार महासंघको निर्वाचन प्रणाली पूर्ण रुपमा प्रत्यक्ष निर्वाचनमा गएको छ । यसरी नेपाल पत्रकार महासंघको यो साधारण सभा तथा विधान अधिवेशनले नेपाल पत्रकार महासंघलाई अझ बढी जिम्मेवार बनाउन, पारदर्शी हुन र प्रेस स्वतन्त्रता संकुचित गर्ने कार्य हुन नदिन बल मिलेको छ ।

प्रत्येक साधारण सदस्यलाई नेतृत्व चयन गर्ने अवसर प्रदान भएको छ । संघीय लोकतन्त्र बलियो बनाउन महासंघको इतिहासमै महत्वपूर्ण भूमिका रहने विश्वास जनमानसमा समेत उब्जिएको छ । नेपाल पत्रकार महासंघको यो महत्वपूर्ण विषय बाहेक वर्तमान अवस्थामा अन्य मुद्दाहरु पनि जटिल बन्दै गएका छन् । त्यसका लागि पनि पोखरामा सम्पन्न साधारण सभाले केन्द्रीय नेतृत्वलाई बलियो बनाउन उर्जा मिलेको आम पत्रकारहरुको धारणा रहेको छ ।

यसका अलावा वर्तमान अवस्थामा अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको हक हनन हुन नदिन नेपाल पत्रकार महासंघको साधारण सभाले निर्देशन समेत गरेको छ । विधान संशोधनसँगै साधारण सभाले सत्र बुँदे विशेष प्रस्ताव समेत पास गरेको छ । जसअनुसार पूर्ण लोकतन्त्रका लागि नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि कहिकतैबाट पनि संकुचित हुन नदिने प्रण समेत गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनसँगै स्थापना भएको प्रदेश सरकारले बनाउने नीति, नियम प्रेसमैत्री बनाउन आग्रह समेत गरिएको छ ।

संघीय सरकारले संसदमा कानुन निर्माण गरिरहँदा कुनै पनि कानुनले प्रेस स्वतन्त्रता हनन हुन नदिन र प्रदेश सरकारले कानुन निर्माण गर्दा प्रेसमैत्री बनाउन समेत यो साधारण सभाले विशेष रुपमा प्रस्ताव पास गरेको छ । ऐतिहासिक नगरी पोखरामा सम्पन्न नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेशन नेपाली पत्रकारिताको ऐतिहासिक फड्को भएको मान्न सकिन्छ ।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ फाल्गुन १३, १०: २६

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ फाल्गुन १३, १०: २६

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ फाल्गुन १३, १०: २६

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...