सहमति सहकार्य र राष्ट्रिय एकता अहिलेको आवश्यकता ! – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

सहमति सहकार्य र राष्ट्रिय एकता अहिलेको आवश्यकता !

नेपालको राजनैतिक परिवर्तनका लागि राजनैतिक दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकता भएकै कारण २०४६ सालदेखि ०६२÷०६३ सालको दोस्रो जनआन्दोलनबाट नेपालमा संघीय गणतन्त्र स्थापना भएको हो । २०४६ सालको जनआन्दोलन पनि नेपाली काँग्रेस र वाममोर्चाबीच सहमति र सहकार्यबाट सफल भएको हो । त्यसैगरी २०६२÷०६३ को ठुलो दोस्रो जनआन्दोलन पनि १२ वर्षसम्म जनयुद्ध लडिरहेका तत्कालीन माओवादी र सात राजनैतिक दलहरुबीच भएको सहमति र सहकार्यले शाहवंशीय इतिहास समाप्त भएको हो ।

मुलुकमा नयाँ संविधान घोषणा, गणतन्त्र स्थापना गर्दै जाँदा २०० वर्षे शाह वंश राजाहरुलाई समेत दरबारबाट हटाउन राजनीतिक दलहरु सफल भए । नयाँ राष्ट्रपति निर्वाचनसम्म नेपालको राजनैतिक दलहरुबीचको सहमति र सहकार्यबाट राजनैतिक निकास निस्केको यथार्थता हामीसामु छँदैछ ।

तथापी पहिलो संविधानसभाबाट संविधान घोषणा हुन नसक्नु र आवधिक निर्वाचन समेत रोकिनुको पछाडि राजनैतिक दलहरुले सहमति कार्यान्वयन तोड्नु रह्यो । तसर्थ त्यसपछि पनि दोस्रो संविधानसभाका लागि सहमति, सहकार्य र राष्ट्रिय एकता भएका कारण मात्र दोस्रो संविधानसभाको निर्वाचन भएको थियो ।

अहिले मुलुकमा ति सबै प्रकृया सकिएर नयाँ संविधान अनुसार स्थानीय, प्रदेश र संघीय सरकार समेत निर्माण भईसकेको छ । तर राजनैतिक दलहरुबीच एकता र सहमति नभएका कारण त्यो अनुरुप अगाडि बढ्न सकेको छैन । स्थानीय निकायबाट जनताले जुन रुपमा सेवा पाउनुपर्ने हो हुन सकिरहेको छैन । स्थानीय निकायका पदाधिकारीहरु जनताको सेवाभन्दा आर्थिक प्रलोभनमा पर्नुले कतै संघीयतानै धरापमा पर्दै जाने होकी भन्ने आशंका उब्जीन थालेको छ ।

त्यसैले जसरी स्थानीय निकायमा राजनैतिक दलका प्रतिनिधीले विकासका काममा सहमति, सहकार्य गरेर अगाडि बढे त्यसरीनै स्थानीय निकायको विकास अगाडि बढ्छ । स्थानीय निकाय हुँदै प्रदेश सरकार सञ्चालनमा र संघीयता कार्यान्वयनमा पनि राजनीतिक दलहरुबीच सहकार्य र सहमति हुन जरुरी छ । तर यतिबेला केन्द्रीय सरकारदेखि प्रमुख प्रतिपक्षी दलहरुबीच देखिएको राजनैतिक द्धन्द्धले न त प्रतिपक्षीलाई फाईदा भइरहेको छ, न त सरकारलाईनै । त्यसैले दोस्रो जनआन्दोलनका महानायक एवं संघीयता र गणतन्त्रका परिकल्पनाकार स्वर्गीय गिरिजाप्रसाद कोइरालाको सहमति, सहकार्य र राष्ट्रिय एकताको सुत्र यतिबेला पनि सबै राजनैतिक दलहरुले मनन् गर्न अत्यावश्यक छ ।

किनकी नेपालको राजनैतिक परिवर्तन र अहिलेसम्मको उपलब्धी महानायक गिरिजाप्रसाद कोइरालाको देन हो । स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रतिपादन गरेका सहमति, सहकार्य र एकता सोही पार्टीले समेत अनुसरण गर्न सकिरहेको छैन । आफ्नै पार्टीभित्र पनि सहकार्य, सहमति गर्न नसक्दा सिंगो पार्टी गुट र उपगुटमा परिणत भएको छ । यता सरकारको नेतृत्वकर्ता जोसुकै भएपनि नेतृत्वकर्ताले सबैलाई सहमतिमा लेराआउनु राजनीतिक महानता हो ।

तर प्रचण्ड बहुमत प्राप्त दलले सरकार हाकिरहेको बेला अन्य पार्टी छायाँमा पर्नु लोकतन्त्रको लागि सुहाउदो कुरा होइन । नेतृत्वकर्ताले सबैलाई मिलाएर देशको बागडोर सम्हाल्नु कुशल राजनीतिक व्यक्तित्व भएको व्यक्तिले मात्र सक्छ । त्यसैले यतिबेला फेरी पनि नेपालमा दोस्रो जनआन्दोलनका महानायक स्वर्गीय गिरिजाप्रसाद कोइरालाले प्रतिपादन गर्नुभएको सहमति, सहकार्य र एकता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पार्टीभित्रै र सरकारको नेतृत्वकर्ता पार्टीले समेत विशेष रुपमा मनन् गर्न आवश्यक छ ।

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ चैत्र ११, ०८: ५३

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ चैत्र ११, ०८: ५३

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ चैत्र ११, ०८: ५३

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...