विनाशकारी हावाहुरीले निम्त्याएको त्रास मेटाउन सबैको प्रयास अत्यावश्यक – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

विनाशकारी हावाहुरीले निम्त्याएको त्रास मेटाउन सबैको प्रयास अत्यावश्यक

यही चैत्र १७ गते आइतबार साँझ तराईका बारा, पर्सा र रौतहटमा विनाशकारी हावाहुरीका कारण दुई हजार घरधुरी ध्वस्त भएका छन् भने झण्डै तीन दर्जन मानिसहरुले अनाहकमा ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा बढी महिला र बालक रहेको तथ्याङ्ले देखाइरहेको छ । एकै घर, परिवारका मानिसहरुको ज्यान गएको कारुणिक अवस्थाबाट अहिले बारा, पर्सा र रौतहटका वासिन्दाहरुको रुवावासी चलिरहेको छ ।

विनाशकारी हावाहुरीले बेलुकी खाना खाने बेलामा सबै परिवारहरु जम्मा भएको अवस्थामा थोरै समयमै घरका परिवारहरुको कारुणिक निधन र जिउधनको समेत विनाश हुँदा अहिले सो क्षेत्र शोकमग्न अवस्थामा गुज्रिरहेको छ । नेपाल सरकार र राजनीतिक दलका नेताहरु विनाशकारी हावाहुरीबाट क्षति भएका स्थानहरुको निरीक्षण गर्दै विभिन्न सहयोग दिने आश्वासन दिएर राजधानी फर्केका छन् । सरकारले मृतकहरुका परिवारलाई तत्काल राहत उपलब्ध गराउने, घाइतेहरुलाई निशुल्क औषधी उपचार गर्ने र घरबार विहिन भएकाहरुलाई तत्कालका लागि पालहरु उपलब्ध गराउँदै आएको छ ।

तरपनि कति ठाउँमा खुल्ला आकाशमुनि पीडितहरु बस्न बाध्य छन् । कतिपय ठाउँमा खाना नपुगेको, औषधी उपचारमा समस्या भएको, रगतको कमी भएको कारण पीडितहरु निकै कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेका छन् । यस्तो अवस्थामा के पहाड, के तराई सबै नेपालीहरुले सहयोगी हातहरु फैल्याउन आवश्यक छ । विभिन्न संघ–संस्था लगायत राजनीतिक दलहरुले सहयोगको नाममा मत तान्ने प्रवृत्ति भन्दा पनि मानवीय सेवा नै ठुलो कर्तव्य ठानेर सहयोग गर्न आवश्यक छ । राजनीतिक दलहरु सानो कुरामा पनि झै–झगडा गरेर बसिरहेको अवस्थामा तराईमा भएको विपत्तिमा मल्हम पट्टी लगाउन तराई पुगेर जोड्तोड्का साथ नगद सहयोग गर्ने आश्वासन दिइरहेका छन् । नेपाली सेना र सशस्त्र प्रहरीले उद्धार तथा पीडितहरुको वासस्थानको व्यवस्था गर्दै पीडितहरुलाई सक्दो राहत पु¥याउन सहयोग गरिरहेका छन् ।

दैवी प्रकोपको यस्तो कहाली लाग्दो अवस्थामा सुरक्षा निकायले गर्ने सेवा २०७२ सालको महाभुकम्पमा पनि नेपाली सेनाले गरेको उद्धार कार्य निकै प्रशसनीय रह्यो । यसरीनै सबै क्षेत्रले निस्वार्थ भावनाबाट गरिएको सेवालेनै पीडितहरुले रातहको महसुस गर्दछन् । सम्बन्धित स्थानीय निकायले पनि सक्दो सहयोग गरिरहेको देखिन्छ ।

सबै तह र तप्काबाट हुने राहत कहीकतैबाट पनि तलमाथि हुन नदिन सम्बन्धित स्थानीय निकायको ध्यान जान जरुरी छ । राजनीतिक दलका नेताहरुले राजनीतिमा जस्तै राहत कार्यमा पनि प्रतिस्पर्धा गरिरहेको अवस्थामा वास्तविक पीडितले मात्र राहत पाउनुपर्छ । २०७२ सालमा गएको महाभुकम्पका कारण परम्परागत संरचनाहरु ध्वस्त भएको र जनताको घर समेत निकै ठुलो मात्रामा क्षति भएको हुँदा हालसम्म निर्माण कार्य पुरा भएको छैन ।

तथापी पछिल्लो समयमा निर्माण कार्यले तीव्रता पाएता पनि सरकारबाट उपलब्ध गराइने सहयोग रकम र वित्तिय ऋण व्यवस्थापनमा जुन रुपले झन्झटिलो बनाइएको छ, त्यसरी नै अहिले तराईमा भएको जनधनको क्षतिको राहत कार्यमा झन्झटिलो बनाइनु हुन्न । त्यसैले राजनीतिक दलदेखि सरकारले उपलब्ध गराउने सहयोगी रकम वास्तविक पीडितले पाउन र धनजनको क्षतिपूर्ति गर्नका लागि सम्बन्धित निकायले जतिसक्दो छिटो छरितो तवरबाट कार्य गर्न आवश्यक छ भने सबैले आ–आफ्नो क्षेत्रबाट तराईमा भएको दैवी प्रकोपमाथि निस्वार्थ भावनाले सहयोग गर्न अत्यावश्यक छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७५ चैत्र २५, ०७: ३९

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७५ चैत्र २५, ०७: ३९

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७५ चैत्र २५, ०७: ३९

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...