
सरकारले कानुन निर्माण गर्ने क्रममा हालसम्म लगेका विद्येयकहरु निकै विवादीत बन्दै गएका छन् । मानवअधिकार विद्येयक, मिडिया काउन्सिल विद्येयक, गुठी विद्येयक, सूचना प्रविधि लगायतका विद्येयकहरुले सिंगो मुलुकलाईनै आघात पु¥याएको छ । सबै क्षेत्रबाट बिरोधका स्वरहरु घन्कि रहँदा पनि सरकारले गुठी विद्येयकबाहेक कुनैपनि विद्येयकको बारेमा सरोकारवालालाई छलफलमा समेत बोलाएको छैन ।
गुठी विद्येयक पनि फिर्ता नभएर हालको लागि स्थगन गरेको मात्रैका कारण पनि उपत्यका लगायत ठुला–ठुला गुठीबाट सञ्चालित संघ–संस्था लगायत व्यक्तिहरु आन्दोलित छन् । चार गतेको गुठी विद्येयक विरुद्ध निस्किएको मानव सागरदेखी सरकार निकै तर्सिएको छ ।
तथापि अझैपनि उक्त विद्येयकको बचाउमा सरकार लागिरहेकै छ । फेरी सूचना प्रविधि सम्बन्धी विद्येयकले घम्साघम्सी संसद्मा सुरु भएको छ भने प्रतिपक्षीले उक्त विद्येयक टेवुल गर्नै नदिने भन्दै संसद् अवरुद्ध गर्न थालेका छन् ।
मिडिया काउन्सिल विद्येयक विरुद्ध तीन महिनादेखी नेपाल पत्रकार महासंघको सिंगो नेतृत्वले सडक आन्दोलन गरिरहँदा पनि सरकारले सुन्दै नसुनी पुनः सूचना प्रविधि सम्बन्धी विद्येयक संसद्मा टेवुल गराउन खोज्नु वर्तमान सरकारले सिंगो नेपालको सञ्चार क्षेत्रलाई अंकुश लगाउन खोजेकै हो भन्ने प्रमाणित हुन्छ । सूचना प्रविधि सम्बन्धि विद्येयकमा पनि ठुलो रकम जरिवाना र जेल सजाय समेतको प्रावधानले जनताको सुसूचित हुने अधिकारमाथि प्रतिबन्ध लगाउन खोजिएकै देखिन्छ ।
संविधानमा स्पष्ट प्रेस स्वतन्त्रताको ग्योरन्टी गरेको भएता पनि वर्तमान सरकारले संविधानको समेत ख्याल नगरी आफुखुशी विद्येयकहरु संसद्मा दर्ता गराउनुले यो सरकारमाथि सञ्चार क्षेत्र निकै त्रसित हुँदै गएको अवस्था छ ।
राष्ट्रिय सभामा दर्ता गरेको मिडिया काउन्सिल विद्येयकका विरुद्ध नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने काम नगर्न पटक–पटक गरेको आग्रहलाई समेत सुनुवाइ नगरीएको हुँदा देशभरका पत्रकारहरु आन्दोलनमा उत्रिनु परेको अवस्थामा फेरी पनि सञ्चारलाईनै नियन्त्रण गर्ने कानुन निर्माण गरी संसदबाट पास गराउन खोज्नु नेपाली जनताको हुर्मत लिने कामले वर्तमान सरकारले सबै क्षेत्रलाई आक्रोसित गराएको छर्लग भएको छ ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...