दैवी प्रकोपमा सरकारी उदासिनता – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

दैवी प्रकोपमा सरकारी उदासिनता

हाल अविरल वर्षाका कारण मधेश डुबानमा छ भने पहाड पहिरोका कारण धनजनको क्षति भएको छ । करिब आठ दर्जन नेपाली नागरिकको अनाहकमा ज्यान गएको छ भने दर्जनौ घाइते भएका छन् । अर्बौको धनमाल नष्ट भएको छ । यस्तो अवस्थामा जनताले तत्काल राहत पाउने नैसर्गिक अधिकार समेत वञ्चित हुन पुगेको छ ।

२०५४ सालमा विपत् व्यवस्थापन गर्ने निकाय खडा भइसकेको भएता पनि उक्त व्यवस्थापनले काम गर्न नसकेर सरकारको आदेश पर्खने परिपाटीका कारण पनि राहत उपलब्ध गराउन ढिलाई भइरहेको छ ।

यता सरकार भने जतिसक्दो चाडो राहत उपलब्ध गराउनुपर्ने कार्यमा लाग्नुको सट्टा आफ्नै पार्टीको आन्तरिक व्यवस्थापन र भागवण्डामा लागि परेको छ । सरकारमा रहेका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु भाषण, गोष्ठी र प्रतिपक्षीलाई गाली गर्दै हिँडिरहेका छन् ।

देशमा अप्ठ्यारो परिस्थितिको सामना गर्न सबैको सहयोग, सद्भाव बटुल्ने काममा सरकार चुकिरहेको छ । सरकारका मन्त्रीहरुलाई आफुलाई मन नपरेका व्यक्ति र पार्टीलाई तथानाम गाली गर्दैमा वेफुर्सदी भैइरहेका छन् ।

हालसम्मकोे तथ्यांक हेर्ने हो भने ९० जनाको ज्यान गएको छ भने ३० जना वेपत्ता छन् ४० जना घाइते अवस्थामा रहेका छन् । वर्षेनी आएको बाढी, पहिरोका कारण तराई क्षेत्र डुबानमा पर्छ भने पहाडी क्षेत्र पहिरोले ध्वस्त हुने गर्दछ । यसको समाधान कसरी गर्न सकिन्छ भनेर कुनै सरकारले दीर्घकालीन सोंच बनाएर समस्या समाधान गर्नेतर्फ ध्यान गएको पाइदैन । प्रचण्ड बहुमत प्राप्त वर्तमान सरकार कामभन्दा बढी भाषण गरिरहेको अवस्थामा देशभर भएको अविरल वर्षाले जनधनको क्षति, घाइतेको उपचार लगायतका कार्यमा तत्काल जुट्न सकिरहेको छैन ।

यस्तो अवस्थामा अप्ठ्यारोमा परेको जनतालाई राहत दिने र घाइतेहरुलाई तत्काल उपचार गराउने कुरामा सरकारले कुनै कसुर नराखी काम गर्न सक्नुपर्दछ । जनताको हाईहाईबाट प्रधानमन्त्रीमा पदासिन भएका केपी ओली शर्मा नेतृत्वको सरकारबाट ठुलो अपेक्षा गरेका जनताले आपत् विपद्मा समेत सहयोग नपाउने भएपछि जनता अतालिन थालेका छन् ।

दैवी प्रकोपबाट उत्पन्न बाढी पीडितहरुलाई राहत, उपचार तथा बाढीग्रस्त क्षेत्रमा हुने विभिन्न रोगहरुको समयमै उपचार खोज्न सरकार लागि पर्न जरुरी छ । बाढीबाट जनताको धनमाल कुहिने र जीवजन्तु, गाईवस्तुहरु मरेको हुँदा उक्त ठाउँमा विभिन्न रोगहरु फैलन सक्ने हुँदा सो हुन नदिन स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले तत्काल औषधी उपचारको व्यवस्था गर्न लागिपर्नु जरुरी छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ श्रावण ६, ०९: ०५

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ श्रावण ६, ०९: ०५

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ श्रावण ६, ०९: ०५

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...