सर्वदलीय बैठकको औचित्य – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

सर्वदलीय बैठकको औचित्य

नेपालको संविधान २०७२ अनुसार आम निर्वाचन पश्चात् बनेको सरकारले सत्र महिनापछि गएको हप्ता सर्वदलीय बैठक बोलायो । निर्वाचनताका दुई ठुला दलको एकीकरणपछि बनेको सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् ।

सत्र महिनापछि बोलाइएको सर्वदलीय बैठकमा सरकारको नेतृत्व गरिरहेका केपी शर्मा ओलीले राजावादी समूह र सरकारद्वारा प्रतिबन्धित गरिएका विप्लव समूहको गतिविधिबारे सर्वदलीय बैठकमा जानकारी गराएपछि साझा धारणा बनाउन आग्रह गरे ।

यसले गर्दा के मुलुक साँच्चैनै राजनीतिक अराजकतातिर धकेलिएको महसुस भएको हो ? दुईतिहाईबाट निर्माण भएको यो सरकार यति चाडै कमजोर मानसिकतामा पुग्नु भनेको नेपालको राजनीतिक परिस्थिति सहज छैन भन्नेतिर लक्षित भएको देखिन्छ ।

किनकी सरकार निर्माण भएदेखि करीब पन्ध्र महिनासम्म प्रतिपक्षीलाई गाली–गलौज गर्ने र संविधानअनुसार बनाउनु पर्ने नयाँ ऐनहरु निर्माण गरी संसद्बाट पास गराउनुपर्ने अधिकांश विधेयकहरु विवादीत बन्दै गएका कारण पनि अहिले राष्ट्रमाथि राजनीतिक अफ्ठ्याराहरु सिर्जना हुँदै गएका हुन् ।

सरकार निर्माण पश्चात् ठुला–साना दल तथा प्रतिपक्षीलाई अति गाली–गलौज र उखान टुक्का हालेर पन्ध्र महिनासम्म समय वर्वाद गर्ने सरकारले पछिल्लो समय राजनीतिक गतिविधीको मूल्यांकन गरेर सर्वदलीय बैठक बोलाउनु सकारात्मक पक्ष भएपनि यो परिस्थिति निर्माण हुनुमा स्वयम् सरकारनै बढी जिम्मेवार देखिन्छ ।

नेपालको राजनीतिक परिस्थितिलाई हेर्ने हो भने हिजोका दिनमा पनि बहुमतका सरकारहरु पुरा समयावधि टिक्न नसकेको राजनीतिक घटनाक्रमले देखाउँछ । तथापि सरकार निर्माण र पार्टी सञ्चालन फरक कुरा हुन् । जुनसुकै पार्टीबाट सरकारको नेतृत्व गरेपनि सरकार सबै नेपालीहरुको हुन सक्नुपर्छ । तर नेपालका अधिकांश प्रधानमन्त्रीहरु नेपाली जनताभन्दा आफ्ना पार्टीका नेता, कार्यकर्ता तथा परिवार भन्दामाथि उठ्न नसकेको तितो यथार्थता नेपाली राजनीतिले भोग्दै आएको छ ।

पार्टी सञ्चालनमा पक्षपात गर्ने रोग नेपालको सबै दलहरुमा देखिदै आएको छ । यसले गर्दा पनि पार्टीभित्र गुटहरुको जन्म हुने र नेता–नेताहरुबीच नै सत्ताका लागि राजनीतिक सिद्धान्त भन्दा बाहिर गएर जुनसुकै हतकण्डा प्रयोग गर्ने परिपार्टीका कारण चाहे बहुमतको होस्, चाहे दुईतिहाईको सरकार नै किन नहोस्, सँधै धर्मराउने परिस्थिति निर्माण भईरहेको छ ।

अहिले पनि त्यही नियति नेपाली जनताले भोगिरहेका छन् । निर्वाचनदेखि वर्तमान अवस्थासम्म दुई पार्टी एकीकरणको व्यवस्थापन गर्न नसक्दा सिंगो राष्ट्र अलमलिएको छ । राष्ट्रको जिम्मेवार व्यक्ति सँधै पार्टी व्यवस्थापनमा रुमलिएको, सरकारका मन्त्रीहरु पद जोगाउन गुट र उपगुटको नेतृत्वकर्तालाई रिजाउनै व्यस्त भएको कारण जिम्मेवार मन्त्रालयहरुबाट निस्कने रणनीति समेत रुमलिन पुग्दा राजनीतिक परिस्थिति बिग्रन पुगेको हो ।

यतिमात्र नभएर जिम्मेवार मन्त्रालय सम्हालेर बसेका मन्त्रीहरुले बाह्य शक्ति र आन्तरिक शक्ति सन्तुलनमा काखापाखा गरेका कारण पनि दोस्रो जनआन्दोलनबाट राजसंस्था दरबारबाट विधिवत् रुपमा हटिसकेको राजावादीहरु सक्रिय हुन् थालेको देखिन्छ । तथापि हिजोका परिवर्तनकारी राजनीतिक सहयात्रीहरुलाई समेत पन्छाउने रणनीतिका कारण नेपालको राजनीतिक परिस्थिति जटिल बन्दै गएको हो ।

त्यसैले दुई तिहाईको सरकारले दुई तिहाईके दम्भ त्याग्न र सरकार सबै नेपालीको हो भन्ने भावना जगाउँदै नेपालका राजनीतिक दलहरुसँगको सहयात्रालाई निरन्तरता दिन सके मात्र सर्वदलीय बैठकको औचित्य प्रमाणित हुन्छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ भाद्र ९, ०६: १९

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ भाद्र ९, ०६: १९

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ भाद्र ९, ०६: १९

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...