डेंगु प्रकोपमा राजनीतिक दलहरु चुके – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

डेंगु प्रकोपमा राजनीतिक दलहरु चुके

नेपालमा यतिखेर देशैभर डेंगु रोगले ढाकेको छ । राजनीतिक दलहरु आफ्नो स्वार्थभन्दा माथि उठ्न नसकेका कारण यस्तो महामारीले व्यापकता लिने गरेको छ । चरम राजनीतिकरणका कारण नेपाली जनताले विभिन्न समयमा यस्ताखाले ठुला महामारी भोग्दै आउनु परेको छ ।

तराईमा बाढी–पीडित, पहाडमा पहिरो पीडित र देशैभर अहिले डेंगु रोगले जनतालाई सिकिस्त बनाएको छ । जनताको स्वास्थ्य, बाढी पीडित, पहिरो पीडित, बालबालिका अपहरण र बलात्कार जस्ता जघन्य अपराधहरुमा समेत राजनीतिक दलहरु आफ्ना दलका स्वार्थ लागि मात्र लाग्दै आएका कारण पनि यस्ता संवेदनशील कुराहरुबाट जनता पीडित बन्नु परेको छ ।

यतिखेर लाखौंको हाराहारीमा डेंगु रोगबाट नेपाली जनता पीडित भइसक्दा पनि सरकार, प्रतिपक्षी दल, सिंगो मन्त्रीमण्डलले राष्ट्रिय सहमतिको आधारशिला खडा गर्न सकेको छैन ।
सडक र सदनमा घाटी फुलाई–फुलाई एक आपसमा दोसारोपण गर्दै बसिरहेका छन् भने नेपाली जनता संक्रमणबाट त्रसित भइरहेका छन् ।

यस्तो अवस्थामा न सरकार पक्ष, न प्रतिपक्षले जनतालाई उचित राहत प्रदान गर्न सकेको छ । सरकारले प्रतिपक्षलाई र प्रतिपक्षले सरकारलाई गालीगलौज बाहेक जनतालाई दिनुपर्ने तत्काल राहतको कुनै खाका समेत कोर्न सकेका छैनन् । यस्ता राजनीतिक दलहरुबाट नेपाली जनताले कस्तो अपेक्षा गर्ने ? तराईमा हुरी–बतास आएर गरीब किसानको घरवास विहिन हुन्छ ।

ठुलो धनजनको क्षति हुन्छ । त्यसपछि बाढीले मधेश डुबानमा पार्छ । त्यसमा पनि सोझासाझा जनताकै ज्यान जान्छ, तर यी राजनीतिक दलहरु तत्काल राहतको कुनै योजना नबनाएर राजधानीमा गालीगलौज गरेर बसिरहन्छन् । यस्तो संवेदलनशील मानवीय सेवामा तत्काल जुट्नु पर्ने अवस्थामा समेत सरकार र राजनीतिक दलहरु चुक्दै आएका छन् ।

अहिले पनि विभिन्न ठाउँमा पहिरोले मान्छेको ज्यान र घरवास विहिन भएको अवस्था छ । स्थानीय, प्रदेश र संघीय सरकार बेखबर छ । डेंगु लागेर लाखौंको हाराहारीमा विरामी पुगेका अस्पतालमा पनि सरकारले तत्काल गर्नुपर्ने कार्य गर्न सकिरहेको छैन । यस्ता दैवी प्रकोप नियन्त्रण, दैनिक जनजीवनमा पर्न आएको अति संवेदनशील रोगहरुको संक्रमण फैलिदा समेत नेपाली जनताले समयमा उपचार नपाउनु दुःखद् हो ।

डेंगुको संक्रमण भएको महिनौ दिन भइसक्दा पनि नियन्त्रणमा आउन सकिरहेको छैन । यस्तो अवस्थामा सरकारले तत्काल औषधीमुलो र विरामीलाई अस्पताल भर्ना गराएर उपचार गराउन समेत सकिरहेको छैन ।

डेंगुकै कारण चार जनाको ज्यान गइसकेको छ भने धेरै ठाउँमा डेंगु लागेका विरामीहरुको चाप बढेर अत्याधिक भएको छ । अस्पतालमा बेड नपुगेर एउटै बेडमा तीन–तीन जना बिरामी सुताएर औषधी उपचार गरिरहेका छन् । तर सरकार सुने नसुनेको र देखे नदेखेको गरिरहेको छ भने प्रतिपक्षी दल सदनमा भाषण गरेरै मख्ख परिरहेको छ ।

तसर्थ, राष्ट्रिय विपत्तिमा समेत नेपालका राजनीतिक दलहरु चुक्दै आएकाले कमसेकम यस्ता संवेदनशील कुरामा सबै राजनीतिक दलहरुको साझा धारणा हुन अत्यावश्यक छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ भाद्र ३०, ०६: ०२

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ भाद्र ३०, ०६: ०२

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ भाद्र ३०, ०६: ०२

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...