निष्ठा र त्यागका प्रतिक लौहपुरुष र मुलुक – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

निष्ठा र त्यागका प्रतिक लौहपुरुष र मुलुक

नेपालको राजनीतिक इतिहास जति गौरवपूर्ण छ, त्यसको कुनै न कुनै हिस्सा लौहपुरुष गणेशमान सिंहको योगदानलाई नजोडि पूर्ण हुन सक्दैन । लोभ, लालचा, विभेद, अन्याय र अत्याचारका बिरुद्ध शान्तिपूर्ण अहिंसात्मक लोकतान्त्रिक बाटो अपनाउने लौहपुरुष गणेशमान सिंहको योगदानको चर्चा र गाथा आज पनि उत्तिकै महत्वपूर्ण छ ।

राष्ट्रिय र अन्तराष्ट्रिय राजनीतिमा समेत त्याग र निष्ठाका धनी गणेशमान सिंहको चर्चा बमोजिम नेपाल र नेपालीले उनको योगदानलाई अनुशरण गर्न सकेनन् ।

मुलुकको राजनीति स्वार्थ र अभिमानमा केन्द्रीत भइरहेको बेला व्यक्तिगत स्वार्थ, पद र प्रतिष्ठालाई हाँसीहाँसी त्याग गर्न सक्ने क्षमता भएका सिंहको १०५औं जन्म जयन्ति राज्यले औपचारिक रुपमा गर्न सकेन । गणेशमान सिंह मुलुकको दुइवटा क्रान्तिका नायक र कमाण्डार समेत थिए ।

राजनीति गर्ने हरेकले जोगी हुन राजनीति गरेको होइन भन्ने तर्क समकालिन राजनीतिमा प्रसस्त सुन्न पाइन्छ तर सिंह यस्ता राजनीतिज्ञ थिए, जसले प्रजातन्त्र पुर्नस्थापनापछि आफूलाई आईपरेको प्रधानमन्त्री पद अस्वीकार गरेका थिए । नेपालको राजनीतिमा सम्भवत प्रधानमन्त्री पद अस्वीकार गर्ने सिंह पहिलो व्यक्ति हुनुहुन्छ ।

न्याय र समानताका लागि पार्टी भित्र र वाहिर समेत डटेर आफ्नो अभिव्यक्ति राख्ने सिंह पारिवारिक रुपमा आफूले पाउँदै आएको सुविधालाई समेत त्यागेर जनताको मुक्तिको लागि क्रान्तिको जेहाद छेड्न लागि परेका व्यक्ति हुन । उनको योगदानको चर्चा अहिले धेरै गरिएपनि उनको जीवनको उत्तरार्ध भने त्यति सन्तोषजनक भएन ।

मुलुकको सामाजिक संरचनामा देखिएको विविधतालाई संवोधन गर्न समावेसिताको अवधारणालाई व्यवहारमै लागू गर्नुपर्ने धारणा राख्ने सिंहले राजनीतिक क्रान्तिपछि सामाजिक न्याय र आर्थिक क्रान्तिलाई मूल एजेण्डा बनाउँथे ।

तर उनका समकालिनहरुले उनको यो भनाईलाई गम्भिरतापूर्वक लिएनन् । अन्ततः मुलुकमा सामाजिक विभेद र आर्थिक अभावलाई साधन बनाएर मुलुक शसस्त्र हिंसाको बाटोलाई कतिपय राजनीतिक दलले अपनाए ।

संघर्षका प्रतिमूर्ति, निष्ठा र संघर्षशील जीवन यापन गर्ने सिंहले अपनाएको कार्यशैलीलाई अनुशरण गरेमा उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुने निश्चित छ । जनताको मुक्तिको लागि आफ्नो व्यक्तिगत स्वार्थ र सुविधालाई कहिल्यै प्राथमिकता नदिने सिंहले जीवनमा भोगेका संघर्षका गाथाहरु सुन्दा र पढ्दा हामीमध्ये धेरेलाई अचम्म र भावुक बनाउन सक्छ ।

संघर्ष र त्यागका कारण नै नेपाल र विश्व राजनीतिमा गणेशमान सिंहको उचाई निकै माथि छ । उनले देखाएका राजनीतिक दर्शन र बिचारलाई जीवनमा उपयोग गर्न सके देश र जनताको उन्नति र सम्पन्नता प्राप्ति धेरै टाढा छैन ।

हाम्रो पहिचान र अस्तित्व अनि संस्कार संस्कृतिलाई यो उचाईमा पु¥याउन योगदान दिने सिंहको पथमा अहिलेका राजनीतिक दल र दलका नेताले हिँड्ने प्रयास गर्नु जरुरी छ ।
सिंहको पथ–प्रदर्शक भएको दाबी गर्ने लोकतान्त्रिक दल कांग्रेस र कांग्रेसका नेताहरुले सिंहको पथ अनुशरण गर्नु जरुरी देखिन्छ । उनै त्याग र निष्ठावान व्यक्तित्वका धनी सिंहप्रति श्रद्धासुमन ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ कार्तिक २५, ०७: ००

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ कार्तिक २५, ०७: ००

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ कार्तिक २५, ०७: ००

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...