
दुईतिहाईको सरकार निर्माण पश्चात् विदेशी राष्ट्र प्रमुखहरुको नेपाल भ्रमण गर्ने क्रम जारी छ । सबैभन्दा पहिले छिमेकी राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर हुँदै दुई दिवसीय राजकीय भ्रमण र विमस्टेक बैठकका लागि दुई दिवसीय नेपाल भ्रमण दुई पटक भइसकेको छ । गएको असोज २६ गते चिनका महामहिम राष्ट्रपति सी जिङपिङ दुई दिवसीय राजकीय भ्रमण गरेर फर्केका छन् ।
दुई ठूला शक्तिशाली देशका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीको नेपाल भ्रमण हुनु कुटनैतिक सम्बन्धलाई प्रगाढ बनाउनु हो । दुई शक्तिशाली राष्ट्रका राष्ट्र प्रमुख तथा प्रधानमन्त्रीको नेपाल भ्रमण हुनु सरकारका लागि मात्र नभई नेपाली जनताका लागि पनि उत्साहकै विषय हो ।
यही कार्तिक २६ गतेदेखि २९ गतेसम्म बंगलादेशका महामहिम राष्ट्रपति चार दिवसीय भ्रमणको पनि उतिकै महत्व देखिन्छ । यसरी राष्ट्र प्रमुखहरुको राजकीय भ्रमण हुनुलाई दुुई देशबीचको व्यापार, पर्यटन लगायत विभिन्न क्षेत्रमा सहयोग आदान–प्रदान हुने विश्वास गरिन्छ । दुई तिहाईको सरकार निर्माणपछि कुटनैतिक सम्बन्धहरु निकै प्रगाढ बन्दै जाने विश्वास लियता पनि त्यसो हुन सकिरहेको छैन ।
छिमेकी राष्ट्र चिनसँग निकै ठूलो अपेक्षा अनुरुप रेलमार्ग लगायत उत्तरी नाका सूचारु गर्ने सम्बन्धमा सरकारले जतिसुकै भाषण गरेपनि कार्य अगाडि बढ्न सकेको छैन ।
त्यसैगरी निकै पुरानो साँस्कृतिक, सामाजिक र आर्थिक क्षेत्रमा निकै ठूलो प्रभाव पार्ने भारतसँग पनि सहयोगका ठूला–ठूला आस्वासनहरु प्राप्त भएका थिए । सो सम्बन्धमा पनि सरकारले वार्ता समेत अगाडि बढाउन सकेको छैन । त्यसैगरी बंगलादेशसँगको व्यापार घाटा लगायत फूलबारीमार्गको सम्बन्धमा पनि छलफल अगाडि बढ्न सकेको छैन ।
अहिले निकै जटिल रुपमा भारतसँग वार्ता अगाडि बढाउनुपर्ने देखिएको छ । किनकी नेपालको भूमी लिपुलेक, लिम्पियाधुरा र कालापानीको सम्बन्धमा जसरी नेपाल सरकारले भारतसँग तत्काल वार्ता थाल्नुपथ्र्यो र राजनैतिक दलहरुबीच सहमति जुटाउन प्रयत्न गर्नुपथ्र्यो, त्यो गर्न सकिरहेको छैन ।
त्यसकारण पनि सरकार कुटनैतिक मामिलामा कमजोर देखिदै आएको महसुस हुँदै आएको छ । छिमेकी राष्ट्र मात्र नभई अन्य राष्ट्रहरुसँग पनि सम्बन्ध बढाउँदै सहयोग प्राप्त गर्न सरकार चुकिरहेको छ । त्यसकारण सरकारले समयमै कुटनैतिक सम्बन्धलाई बलियो बनाउन राष्ट्रिय सहमति कायम गर्न सके मात्र राष्ट्रको उन्नती हुँदै जानेछ ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...