
संविधान निर्माण पनि भएको आमनिर्वाचन पश्चात् केही स्थानहरुमा खाली भएको सिटहरुमा यही आउँदो १४ गते उपनिर्वाचन सम्पन्न हुँदैछ । अहिले स्थानीय तहदेखि संघीय संसद्सम्म मुलुकको ३७ वटा जिल्लाका ५२ स्थानमा निर्वाचन हुने भएकोले राजनीतिक दलहरुको ध्यान त्यतैतिर केन्द्रीत भएको देखिन्छ ।
सत्तासिन सरकारले गराउने यो उपनिर्वाचनको विश्वसनीयतामाथि प्रमुख प्रतिपक्षी दल काँग्रेस निकै आक्रामक हुँदै गएको छ । सरकारले गराउने निर्वाचनमाथि निष्पक्षताको प्रश्न चिन्ह खडा हुनु लोकतान्त्रिक व्यवस्थालाई सुहाउँदो कुरो होइन ।
तीव्र रुपमा प्रचारप्रसारमा लागि परेका राजनीतिक दलहरुबीच उम्मेदवारहरु किनबेच सम्मको बार्गेनिङ भइरहेको सुनिएको छ । यदि यस्तो हो भने दलहरुको निर्वाचनप्रति जनताको विश्वसनीयता घट्दै जाने सम्भावना हुन सक्छ । उम्मेदवारी भइसकेको स्थानहरुमा समेत उम्मेदवारी फिर्ता गराउने बहानामा देखिएको असोभनिय कार्यले वर्तमान राजनीतिक दलहरु बद्नाम भएका छन् ।
उम्मेदवारलाई खरिद गर्ने जस्तो नालायकीपन कुनै राजनीतिक दलले गर्छ भने त्यस्ता राजनीतिक दलहरुलाई नेपाली जनताले ठाडै अस्वीकार गरिदिनुपर्छ । यो उपनिर्वाचनमा सत्तासिन दल नेकपा र प्रमुख प्रतिपक्षी दल काँग्रेसको बिच नै प्रतिस्पर्धा हुने हो । तरपनि साना दलहरुको उम्मेदवारी भएको हुँदा उनीहरुलाई निर्वाध रुपमा प्रचारप्रसार गर्न दिनुपर्ने र प्रलोभनमा पार्ने काम कुनै राजनीतिक दलले गर्नु हुँदैन ।
साना दलहरुलाई पनि आफ्नो मत नाप्ने यन्त्र यही उपनिर्वाचन हो । तरपनि ठूला दलहरुले साना दलमाथि थिचोमिचो गर्ने, खरिद बिक्री गर्ने जस्ता गैर राजनीतिक क्रियाकलाप भइरहेको देखिन आएको छ । यस्तो क्रियाकलापले लोकतन्त्र सुदृढीकरण हुन सक्दैन ।
लोकतन्त्र सुदृढीकरण तथा संस्थागत गर्नका लागि निष्पक्ष निर्वाचनको अपरिहार्यतानै हो । यदि यसो हुन सकेन भने दिनप्रतिदिन दलहरु एकदलीय व्यवस्थातिर उन्मुख भएका ठहर्छ । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेकै आवधिक निर्वाचन, निर्वाचनको स्वतन्त्रता, निष्पक्षता अनिवार्य वस्तु हो ।
तर नेपालको ठूला राजनीतिक दलहरुले आफू मात्र सत्तामा बसिरहने र सानामाथि थिचोमिचो गर्ने क्रम जारी रहेको हुँदा निर्वाचन आयोग अत्यन्तै चनाखो हुन जरुरी छ । त्यसैले यो उपनिर्वाचनलाई सत्तासिन दलले सत्ताको दम्भ नदेखाउने र प्रमुख प्रतिपक्षी दलले निर्वाचनको निष्पक्षतामा मात्र ध्यान दिने हो भने यो उपनिर्वाचन निस्पक्ष बन्न सक्छ र निवर्माचन आयोगले पनि काम गर्न सक्छ ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...