प्रधानमन्त्रीको स्वास्थ्यबारे सर्वत्र चासो – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

प्रधानमन्त्रीको स्वास्थ्यबारे सर्वत्र चासो

वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली फेरी पनि जटिल विमारी परेर अस्पताल भर्ना हुनुभएको छ । अहिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ रोगले जटिलता थप्यो । गत साताको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीको एकाएक पेटको अपरेशन गरे पश्चात मुलुकवासीले कार्यकारी प्रधानमन्त्रीको स्वास्थ्य स्थितिको बारेमा निकै चाख राख्दै आइरहेका छन् ।

देशको कार्यकारी प्रधानमन्त्री यसरी पटक–पटक अस्वस्थ भई अस्पताल भर्ना भइरहँदा पक्कै पनि सबै जनताको ध्यान केन्द्रित हुनेनै भयो । सबैखाले सञ्चारमाध्यमको ध्यान केन्द्रित हुनेनै भयो । सबै सञ्चारमाध्यमहरुले जिम्मेवार र चनाखो भई सत्यतथ्य सूचना प्रवाह गर्ने काम नेपाली सञ्चारमाध्यमको दायित्वभित्र पर्ने कुरा हो । जसरी प्रधानमन्त्री केपी शर्मा ओलीले यो भन्दा अगाडिको सचिवालयको कामसँग असन्तुष्ट भएकै कारणले सो टिमलाई राजीनामा गर्न लगाउनु भयो र केहीलाई पदमूक्त गर्नुभयो र केहीलाई पुनः नियुक्ति पनि गर्नु भएको छ ।

त्यसैगरी कार्य सम्पादन पुरा नगर्ने मन्त्री समेतलाई हटाएर चुस्त दुरुस्त पारदर्शी बनाउने प्रयास गर्नुभएको छ । यो मन्त्री मण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यका बारेमा संलग्न चिकित्सकहरुसँग गहन जिम्मेवारपूर्वक रहेर काम गर्ने र सचिवालयले सत्यतथ्य समाचारहरु समय समयमा प्रवाह गरेर नेपाली जनताको कौतुुहलता मेटाउन सक्नु पर्दछ ।

देशको कार्यकारी प्रधानमन्त्री जस्तो गरिमामय पदमा पदासिन व्यक्तिको बारेमा मन्त्री तथा सचिवालयका व्यक्तिहरुले हचुवाको भरमा सूचना प्रवाह गर्नु उचित नहुने हुँदा सम्बन्धीत चिकित्सकहरुले नै प्रत्येक दिन कम्तीमा पनि दुई पटक प्रधानमन्त्रीको स्वास्थ्यबारे जनतालाई सत्यतथ्य सूचना प्रवाह गर्न अनिवार्य हुन्छ । तर त्यसो हुन किन सकिरहेको छैन ।

देशको राजनैतिक परिवर्तन तथा कम्युनिष्ट आन्दोलनका लागि ६ दशक भन्दा लामो राजनीतिक आन्दोलन गर्दै ४०औं वर्षदेखि स्वास्थ्यको उपचार गर्दै राजनैतिक जिवनको उच्च तहमा पुग्न सफल केपी शर्मा ओली पछिल्लो पटक प्रधानमन्त्री भएदेखि निकै अस्वस्थ भई रहँदा पनि मुलुकको वागडोर सम्हाली रहेका छन् ।

त्यसैले गर्दा पनि उनको विशेष किसिमबाट उपचार गराउन कहिकतैबाट पनि कमिकमजोरी गरिनु हुँदैन । तथापि निकै अगाडिदेखि विदेशमा गएर उपचार भइरहेको हल्ला गरिएपनि हालसम्म कार्यकारी प्रधानमन्त्रीको उपचार गराउन पुनः विदेश लैजान केले रोकी रहेको छ, सो कुरा किन लुकाईन्छ ?

१२ वर्ष अगाडि मृगौला प्रत्यारोपण गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली यसभन्दा अगाडि पनि दुई दुई पटक सिंगापुरमा औषधी उपचार गरिएको छ । त्यसपछि पटक पटक कहिले ग्राण्डि, कहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा राख्दै हाल एपेन्डिक्सको आकस्मिक शल्यक्रिया समेत गरिएको छ ।

एपेन्डिक्सको शल्यक्रिया पनि निकै जटिल रुपमा भएको अस्पतालले जनाएको छ । यस्तो परिस्थितिमा पनि नेपालमा यस्तो किसिमको उपचार हुन्छ भने सबै किसिमको उपायहरुको खोजी गरी उपचार गराउनु पर्छ । यदि ती उपायहरु नेपालमा सम्भव छैन भने तत्काल विदेशमा लगेर उपचार गर्नुुपर्ने व्यवस्था किन मिलाइ रहेको छैन सरकारले ?

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ मंसिर १६, ०७: ४७

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ मंसिर १६, ०७: ४७

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ मंसिर १६, ०७: ४७

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...