ठूला दलहरुभित्र वृद्ध नेताहरुको हालीमुहाली – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

ठूला दलहरुभित्र वृद्ध नेताहरुको हालीमुहाली

नेपालको राजनीतिक परिवर्तनका लागि लाखौं युवाहरुको उल्लेखनीय सहभागिता रहँदै आएको र विश्वमानै नयाँ पिढिको राजनीतिक उदयमान भइरहँदा नेपालमा भने ठूला दलका नेताहरुले आजीवन आफूलाई पदमा टिकाइराख्ने रणनीतिका कारण युवाहरु राजनीतिबाट टाढा हुन थालेका छन् ।

निर्वाचनको समयमा मात्र युवा परिचालन, महिला सहभागिता, समावेशीका कुरा गर्ने नेपालका राजनीतिक दलका ठूला नेताहरुले पछिल्लो समय नातावाद र कृपावादलाई पार्टीको पद, लाभको पद दिने रणनीति बनाउँदै आएका छन् । त्यसले गर्दा आफ्ना समर्थकबाट संरक्षित हुने र आम कार्यकर्ताको भावनालाई समेट्ने प्रयास नगरेका कारण युवाहरु नेपालका राजनीतिक दलहरुबाट टाढिदै गएका छन् ।

सरकारले ठूला उद्योगहरु पनि खोल्न नसक्ने, भएका उद्योगहरुको पनि संरक्षण नर्गनाले दिनप्रतिदिन रोजगारीका अवसर गुम्दै गएको छ । त्यसैले हजारौं युवाहरु प्रत्येक दिन खाडी मुलुकमा रोजगारीको लागि भौतारिदै पुगिरहेका छन् । रोजगारीका लागि भौतारिदै पुगेका देशका युवाहरुको खाडी मुलुकको जटिल कार्य गर्दा ज्यान गइरहेको छ ।

बालबच्चा हुर्काउन र रोजगारीको अवसर खोज्दै बल्लतल्ल खाडी मुलुकमा पुगेका युवाहरुको जोखिमपूर्ण कार्यबाट ज्यान गएको हुँदा प्रत्येक दिनजस्तो खाडी मुलुकबाट युवाहरुको लास बाकसमा प्याक भएर आएको देखिन्छ । तर नेपालका राजनीतिक दलका नेताहरुलाई त्यतापटि ध्यान पटकै गएको देखिदैन ।

राजनीतिक दलका नेताहरु एक पटक पदमा पुगिसकेपछि सो पद सँधै आफ्ना लागि मात्र हो भन्ने हुकुमी शैलीका कारण नेपाली राजनीतिका ठूला दल नेकपा र काँग्रेसभित्र मौलाउँदै गएको छ । अहिले नेपाली काँग्रेसको १४औं महाअधिवेशनको हल्ला चलिरहँदा केन्द्रिय नेतृत्वमा पुगेका नेताहरुले फेरीपनि आफूमात्रै हुँ र यो पद मेरा लागि मात्र हो भन्ने दुश्प्रयासका कारण पनि काँग्रेसको १४औं महाअधिवेशनको रौनक निस्कन सकेको छैन ।

केन्द्रीय नेतृत्वमा बस्नेहरुले चाकडी र चाप्लुसीको भरमा आफ्ना मान्छे भर्ने र आफूलाई सँधै पदासिन बनाउने दुश्प्रयास सुरु भएको देखिन्छ । यता नेपाली राजनीतिमा सबैभन्दा ठूलो राजनीतिक दलको रुपमा उदयमान भएको नेकपाभित्र पनि महाअधिवेशन गर्ने कुनै छनक नै नगरी भागवण्डाको आधारमा पार्टी र सरकार हाकिरहेको हुँदा नेपाली राजनीतिबाट बौद्धिक समाजदेखि नेपाली जनता निकै चिन्तित हुँदै गएको छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ मंसिर ३०, ०६: ३७

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ मंसिर ३०, ०६: ३७

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ मंसिर ३०, ०६: ३७

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...