
लोकतान्त्रिक दलहरु आन्तरिक प्रतिस्पर्धाबाट विस्तारै पछि हट्दै जान थालेका छन् । पछिल्लो समय नेपालको राजनीतिमा निकै उतार–चढाव आएको देखिन्छ । पार्टी एकिकरणको नाममा ठूला दलहरुले व्यक्तिगत भागवण्डामा पदहरु सिर्जनागर्ने र पार्टीको आन्तरिक जिवनलाई व्यक्तिगत हैकमवादमा परिणत गर्ने जुन दुस्प्रयास गरी रहेका छन् ।
त्यसैले सिंगो मुलुकको संघीय गणतन्त्रमाथिनै जनताले नकारात्मक टिप्पणी गर्ने अवसर दलहरुलेनै प्रदान गरिरहेका छन् । किनकी लोकतन्त्रको सुन्दर पक्ष भनेको दलहरुको आन्तरिक जिवनमा गरिने प्रतिस्पर्धाले राजनैतिक नेताहरुलाई बढी जिम्मेवार बनाउँछ । तर केही वर्ष यता नेपालका ठूला दलहरुमा आन्तरिक प्रतिस्पर्धामा आएको विचलनले नेपालका कुनैपनि पार्टीहरुको महाअधिवेशन समयमा हुने सम्भावना टाढिदै गएको छ ।
जसरी पछिल्लो समय आमनिर्वाचनका समयमा पार्टी एकीकरणको नाममा तत्कालीन नेपाल कम्युनिष्ट एमाले र नेपाल कम्युनिष्ट पार्टी माओवादीबीच एकीकरण भयो । एकीकरणको नाममा वर्षौसम्म पार्टीको केन्द्रदेखि तल्लो तहसम्म मिलान गर्नै वर्षौ लगाइयो ।
त्यसैगरी पछिल्लो समय साना दलहरुले पनि पार्टी एकीकरणको नाममा महाअधिवेशनलाई धकेल्दै गइरहेका छन् । वर्तमान अवस्थामा नेपालको सबैभन्दा ठूलो दल नेकपाको पार्टी एकिकृत प्रक्रिया बल्ल टुंगोम पुगेको छ भने महाअधिवेशनको कहिले हुने भन्ने टुंगो छैन ।
किनकी बल्लबल्ल भागवण्डाका आधारमा पार्टी र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको संरचनाको काम भर्खर मात्र सकिएको छ । सो पार्टीको तल्लो संरचना अन्यौलता हुँदासम्म कुनैपनि पार्टीले महाअधिवेशनको कार्यतालिका प्रकाशित गर्न सक्दैन ।
मुलुकको संघीय गणतान्त्रिक प्रक्रिया अनुसार सात प्रदेश निर्माण भइसकेर सरकार समेत सञ्चालन भइरहेका छन् । तर राजनैतिक दलहरुले संविधान अनुसार सोही अनुसारको संरचना बनाउने काममा ध्यान दिएको देखिदैन । त्यसैले कुनैपनि पार्टीको स्थानीय तह, प्रदेश तह तथा माथिल्लो तहसम्म लोकतान्त्रिक विधि नअपनाई आफुखुसी निर्माण गर्ने प्रक्रिया र बोलवालाको भागवण्डाले संरचना तयार पार्दै आईरहेका छन् ।
मधेश केन्द्रीत दलहरु झन् सत्ता केन्द्रीत राजनीतिका कारण पटक पटक गर्ने भनिएको राजपा लगायत मधेश केन्द्रीत साना दलहरुको महाअधिवेशनको कुरा हराउँदै गएको छ । फेरीपनि सत्ता केन्द्रीतका लागि मिलिभगतको नाममा राष्ट्रियसभाको निर्माणमा सत्ता दलसँग नजिक हुन पुगेका छन् मधेशवादी दल ।
संविधानअनुसार राष्ट्रियसभाको निर्वाचनबाट दुईवर्ष अवधि पुगेका राष्ट्रियसभाका केही सदस्यहरु बाहिरिदै छन् । ति सदस्य बाहिरिएपछि पुनः निर्वाचन गर्नुपर्दछ । राष्ट्रियसभाको निर्वाचनलाई लिएर सत्ता केन्द्रीत दलहरुले फेरीपनि राजपाको महाअधिवेशन टार्दै लैजाने पक्का भएको छ ।
पछिल्लो समय लोकतन्त्रका पहरेदारको रुपमा आफुलाई खडा गर्दै आएको नेपाली काँग्रेसको महाअधिवेशन संविधान र पार्टीको विधान अनुसार एकवर्ष थप अवधि भित्रै हुँदै आएतापनि उक्त पार्टीको आन्तरिक जिवनले पनि पूर्णता पाउन सकेको छैन् ।
पार्टीको विधान अनुसार बन्नुपर्ने विभाग, तथा भातृ तथा शुभेच्छुक संघ–संस्थाको आवधिक निर्वाचन नहुने रोगले काँग्रेसलाई पनि सताएको छ । फेरी पनि १४औं महाअधिवेशनलाई लिएर पार्टीभित्र विवाद निकै पेचिलो बन्दै गएको छ । यसलाई समयमानै समाधानको बाटो खोजीएन भने यो पार्टीको लोकतान्त्रिक गतिविधिमा पनि निकै ठूलो प्रश्न उठ्न सक्छ । त्यसैले ठूला दलहरुले समयमानै आफुलाई सच्याउन जरुरी छ ।
१.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...
१. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...