नीतिगत भ्रष्टाचारमा लाग्यो सरकार – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

नीतिगत भ्रष्टाचारमा लाग्यो सरकार

२०१७ सालमा राजा महेन्द्रले प्रजातन्त्रको हत्या गरेर शासनसत्ता आफ्नो हातमा लिए । निर्वाचित सरकारको नेतृत्व गरिरहेका वीपी कोइरालालाई एकाएक अपदस्त गरेर सुन्दरीजल जेलमा पठाएर शासनसत्ता हातमा लिइसकेपछि जर्बजस्ती कानून निर्माण गर्दै देशको सम्पतिहरु दरबारको नाममा लगे ।

इतिहासलाई हेर्दा लिच्छवीकालीन समयदेखि गोर्कण क्षेत्रलाई संरक्षण गर्दै जंगलको विकास गरेर सिकार गर्ने थलोको रुपमा राखिएको थियो । पछि सोही जग्गा आफ्नो व्यक्तिगत नाममा लालपुर्जा समेत बनाई आफ्नो सेखापछि राजा विरेन्द्रको नाममा आएको एक सय अठ्ठाइस रोपनी जग्गा गणतन्त्र स्थापना पश्चात् दरबारको नाममा रहेका जग्गाजमीनहरु ट्रष्टको रुपमा विकास गरियो ।

तर सोही जग्गाहरुलाई नेकपाको दुईतिहाइ सरकारले भित्रि रुपमा कानून संशोधन गरेर नीतिगत भ्रष्टाचार गर्न थालेको छ । त्यसको ज्वलन्त उदाहरण गोर्कण क्षेत्रमा रहेको वनजंगल अठ्ठाइसय रोपनी जग्गा कौडीको भरमा कुनै व्यापारिलाई अनिश्चितकालीन समयका लागि प्रतिरोपनी वार्षिक ६ सय रुपैयाँ भाडाको दरमा दिनु भनेको सम्भवतः नेपालको राजनीतिमा निकै ठूलो भ्रष्टाचारको रुपमा हेरिन थालेको छ ।

गणतन्त्र स्थापनापछि स्वर्गीय राजा विरेन्द्रको नाममा रहेको सम्पूर्ण जग्गाजमीनहरुलाई ट्रष्टमार्फत् सञ्चालन गर्ने र सोबाट भएको अम्दानीलाई सामाजिक काममा प्रयोग गरिने ट्रष्टको नियमावलीलाई दुईतिहाइको सरकारले कानून संशोधन गरेर नीतिगत भ्रष्टाचारको थालनी गरेको छ ।

सरकारले कसैले सूइको नपाउने गरी एक वर्ष अगाडिनै सो कानून परिवर्तन गरी ट्रष्टको जग्गा भाडामा दिने गरी कानून संशोधन गरेको कारण अहिले गोर्कणको अठ्ठाइस सय रोपनी जग्गा र नारायणहिटी सङ्ग्रालय नजिक रहेको दुई रोपनी जग्गा भाडा प्रकरणले सरकार निकै आलोचित बन्न पुगेको छ । सङ्ग्राहलय अगाडि कुनै व्यापारिलाई रेष्टुरेण्ट बनाउन दिने निर्णयले राजा महेन्द्रको हर्कतलाई सम्झाएको छ । यति ठूलो नीतिगत भ्रष्टाचार हुँदा पनि प्रतिपक्षको भूमिका भने न्यून देखिएको छ ।

दुईतिहाईको सरकारले यस्ता गलत प्रवृत्तिको कार्य गर्दै जाने हो भने शिशु संघीय गणतन्त्रमाथिनै नेपाली जनताले अनविश्वास प्रकट गर्दै जानेछन् । त्यसैले यदि बिचौलियको लहलहैमा परेर सरकारले यस्तो गलत निर्णय गरेको हो भने पनि तत्काल सच्याउने बुद्धमतापूर्ण देखिन्छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ पुष १४, ०६: ३१

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ पुष १४, ०६: ३१

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ पुष १४, ०६: ३१

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...