
नेपालमा बेलामौकामा देखिने सरुवा रोगले बेलामौकामा महामारीको रुप लिने गरेको छ । झन् अहिले त नोबल कोरोना भाइरस भन्ने नेमोनियाको एउटा हाँगोले छिमेकी देश चीनमा महामारीको रुप लिएको छ । हाम्रो देशमा पनि चीनसँग एकातिर खुला सीमाना छ भने अर्कोतिर हवाइ तथा सडक सञ्जालबाट पनि सम्बन्ध गहन छ ।
नेपालमा आउने पर्यटकहरुमा चिनियाँहरुको उल्लेख्य संख्या यसै पनि छँदैछ, झन नेपाली विद्यार्थीहरुको आवतजावत पनि र विभिन्न प्रकारका सरकारी तथा गैर सरकारी भ्रमणहरुको ताँती नै लागेको पाइन्छ । यस अवस्थामा चीनका वुहानसहित करिब २५ओटा घना आवादी भएका सहरहरुमा कोरोना भाइरसको महामारी नै चम्केको छ ।
संसारका करिब १५ओटा देशहरुमा देखिएको कोरोना भाइरस नेपालमापनि देखिएको भनेर स्वास्थ्य मन्त्रालयको स्पष्टोक्तिले हामीलाई पनि यसवारेमा चिन्तित तुल्याउने नै भयो ।
सामान्य ओखतीसमेत गाउँगाउँमा नपुगेर सामान्य रुघा खोकी र ज्वरोले समेत गाउँकागाउँ थलिने हाम्रो स्वास्थ्य अवस्थाको नाजुक अवस्थामा झन् अन्तराष्ट्रिय रुपमा समेत कुनै ओखती फेला नपरेको अनि महामारीको रुप लिएको भाइरस नेपालमा महामारीको रुपमा फैलिन सक्ने अवस्थालाई सतर्कताका साथ निदानात्मक अवस्थाको बेलैमा जोहो गरिनु पर्छ ।
एकातिर चिसोको बेलामा यसै पनि रुघा खोकी ज्वरो र घाँटीको संक्रमण हुन्छ नेपाल । झन् त्यस्तै बेलामा त्यस्तै खालको रोगले ग्रस्त बनाउँदा कुन कोरोना भाइरस हो या कुन सामान्य रुघा खोकी र ज्वरो हो भन्ने थाहा पाउन गाह्रो हुन्छ । यसकालागि निरन्तरको चेतना र सजगता नै ठूलो निदानात्मक उपाय हो ।
तर त्यसो भनेर पनिहुँदैन, गाउँगाउँमा फैलिएका एफ.एम रेडियोबाट यसबारेमा जनचेतना फैलाउन स्थानीय सरकारलाई सजग बनाउनु पर्छ र चेतना फैलाउनकालागि आवश्यक रकम पनि र आवश्यक रोकथामकालागि ओखतीको पनि व्यवस्था गरिनु पर्छ ।
भन्दछन्—स्याल मार्न जाँदा बाघ मार्ने खजाना लिएर हिँड्नु पर्छ । सामान्य रुघा खोकीले त गाउँकागाउँमा महामारी फैलिएको हाम्रो आफ्नै अनुभव छ भने झन् अहिले त घना आवतजावत भएको देश चीनमानै त्यस्तो महामारी फैलिएकोले सडक सञ्जालबाट आउने पर्यटक, आएका सामान ढुवानी गर्ने व्यक्ति तथा मासु अन्डा आदिमा केही समय रोकेर भएपनि सजगता अपनाउनुनै कल्याणकारी हुनेछ ।
भोलि महामारी हुनु भन्दा अहिलेनै सजगता अपनाउनु पर्छ र दुर्गम तर जाडो क्षेत्रहरुमा बेलैमा आवश्यक सजगता अनि ओखतीको प्रवन्ध आवश्यक छ । सहरी क्षेत्रमा त झन घना आवादी भएकाले यदि कोरोना भाइरस प्रवेश ग¥यो र अनियन्त्रित अवस्थामा पुग्यो भने यसले गर्ने क्षति अचिन्त्य हुनेछ ।
यसवारेमा स्वास्थ्य क्षेत्र, सुरक्षा क्षेत्र, गैर सरकारी क्षेत्र तथा सबै नेपाली जनता आफैँ सजग र सतर्क हुनु आवश्यक देखिएको छ । चीन जस्तो सुविधा सम्पन्न देशमा र प्राविधिक रुपमा दक्ष जनशक्ति भएको देशमात यसले महामारीको रुप लियो भने हामीलाई त यसले राष्ट्रिय संकटनै उत्पन्न गर्नेछ ।
नेपाली मुद्रण उद्योग व्यावसायको इतिहास लामो छ । गिद्धे प्रेसबाट सुरुभएको मुद्रण उद्योग हाल अत्याधुनिक डिजिटल तथा ठूला वेभ प्रिन्ट्रिङ्ग...
काठमाडौं । मुख्य विपक्षी दल नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित भइरहेको शक्ति संघर्षले नयाँ मोड लिएको छ । विशेष महाधिवेशनमार्फत...
हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...