
काठमाडौँ । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.५१ अंकले घटेर २६४९. ५२ विन्दुमा पुगेर रोकिएको छ । बजार घट्दा ४५ कम्पनीको सेयर मूल्य बढेको छ । २११ कम्पनीको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ ।
बजार घटे पनि कारोबार रकम भने उत्साहजनक नै देखिएको छ। आज कुल ७ अर्ब ८ करोड ५४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ । आज ३४२ वटा स्क्रिप ८४ हजार १५६ पटकको कारोबारमा १ करोड ५७ लाख ३६ हजार ३७२ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज सागर डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने निफ्रा ग्रीन इनर्जी डिभेन्चर, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रोको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी एनआईएमबी डिभेन्चरको शेयर ८.९९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी हिमालयन रिइन्सुरेन्सको २३ करोड ५ लाखको कारोबार भएको छ भने जोशी हाइड्रोको २१ करोड ८१ लाख बराबर कारोबार भएको छ ।
काठमाडौं : विभिन्न देशका लागि सरकारले प्रस्ताव गरेका १३ जना राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सप्तरीको सुरूंगा नगरपालिका सभापति साविर हुसेन पक्राउ परेका छन् । हुसेनलाई बुधवार लागू औषध...
काठमाडौं : गृहमन्त्री सुधन गुरुङ र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच बुधबार भेटवार्ता भएको छ । गृहमन्त्रीस्तरीय बिमस्टेक बैठकमा सहभागी हुन...