काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको माघ १० गते बसेको प्रथम वार्षिक साधारणसभाले ६६ करोड रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । ज्योति लाइफ बुधवार कम्पनी रजिष्टर्ड कार्यालय पोखरामा सम्पन्न सभाले सर्वसाधारणका लागि छुट्ट्याइएको उक्त रकम बराबरको शेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै,संस्थापक समूहबाट चार जना सञ्चालकको चयन गर्ने प्रस्तावसमेत पारित गरेको छ । सभाबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला श्रेष्ठ महर्जन निर्विरोध सञ्चालकमा निर्वाचित भएका छन् । त्यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन, आव २०७३र७४ को लेखा परीक्षण प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह विवरणसमेत पारित गरेको छ । कम्पनीको अधिकृत पुँजी ३ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै जारी पुँजी २ अर्ब २० करोड मध्येसंस्थापकबाट ७० प्रतिशतले हुने रकम १ अर्ब ५४ करोड चुक्ता पुँजी रहेको यस कम्पनीले ६६ करोड रुपैयाँको सर्वसाधारणको लागि शेयर जारी गर्ने निर्णय गरेको हो ।
गत बैशाख १४ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ता भएको ज्योति लाईफले भदौ १९ गते सञ्चालनको अनुमति पाएको थियो । कम्पनी असोज ८ गतेदेखि औपचारिक रुपमा सञ्चालनमा आएको थियो । ४२ जना प्रबद्र्धक रहेको ज्योती लाइफको अध्यक्षमा नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका रहेका छन् । इन्स्योरेन्सको १० वटा शाखा सञ्चालनमा रहेका छन् ।
काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...
खाँदबारी — नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको दुर्गम उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...