देव विकास बैंकको नाफा १४ करोड नाघ्यो – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

देव विकास बैंकको नाफा १४ करोड नाघ्यो

काठमाडौं । देव विकास बैंक लिमिटेडले आव २०७४र७५ को दोस्रो त्रैमासमा मुनाफा १४ करोड ६ लाख रुपैयाँ कमाएको छ । जसले यस त्रैमासमा सामान्य वृद्धि गरेको छ । अघिल्लो वर्षको सोहि अवधिमा मुनाफा १४ करोड ३ लाख रुपैयाँ रहेको थियो ।
अघिल्लो वर्ष १ अर्ब ४४ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले ६२ दशमलव ६१ प्रतिशतले वृद्धि गरी १ अर्ब ६३ करोड ३२ लाख रुपैयाँ पु¥याएको छ । बंैैकले ४०प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ, हकप्रदपछि बैंकको चुक्ता पूँजी २ अर्ब २८ करोड रुपैयाँ पुग्नेछ ।
बैकले जगेडाकोषमा ६० करोड ८ लाख रुपैयाँ छुटाएको छ । बैंकले निक्षेपमा ४८ दशमलव ९२ प्रतिशतले बढेर १३ अर्ब ५० करोड ९७ लाख रुपैयाँ संकलन गरेको छ । जसबाट कर्जामा ४७ दशमलव ९० प्रतिशतले वृद्धि गरी ११ अर्ब ८८ करोड ९७ लाख रुपैयाँ लगानी गरेको छ । बैंकले खुद व्याज आम्दानीमा २० प्रतिशतले बढाए पनि संचालन मुनाफा शुन्य दशमलव २२ प्रतिशतले मात्र वृद्धि गरेको छ । जसले गर्दा मुनाफामा खासै वृद्धि भएको छ । बैंकको प्रोभिजनमा २ करोड ७५ लाख रुपैयाँ नेगेटिभमा रहेको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ माघ १५, ०९: ५८

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ माघ १५, ०९: ५८

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ माघ १५, ०९: ५८

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...