ग्लोबल आइएमई बैंकको ७० औं शाखा रुकुममा – Naya Bikalpa
October 16, 2026, Friday      Epaper

ग्लोबल आइएमई बैंकको ७० औं शाखा रुकुममा

रुकुम । ग्लोबल आइएमई बैंकले फागुन ०२ गते बुधबार देखि रुकुम जिल्लाको सानीभेरी गाउँपालिका ९, सिम्लीमा ७०औँ शाखारहित बैकिङ सेवा सुरु गरेको छ । सो शाखाको सानीभेरी गाउँपालिका प्रमुख नर बहादुर पुनले एक समारोहका बीच उद्घाटन गरे । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय जीवन खड्कालाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ति स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको जनाएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले १ सय १५ वटा शाखा, १ सय २७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर ७० शाखा रहित बैंकिङ सेवा मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ सेवा, मोबाइल बैंकिंङ सेवा, इन्टरनेट बैंकिंङ सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधिरसम्पर्क कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको जनाएको छ भने मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७४ फाल्गुन ७, ०६: ४६

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ फाल्गुन ७, ०६: ४६

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ फाल्गुन ७, ०६: ४६

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...