ग्लोबल आइएमई बैंकले फागुन १० गते बिहिबार देखि तनहूँ जिल्लाको भानु नगरपालिका वडा नं. १०, कालीमाटीमा आफ्नो ७१ औँ र लम्जुङ्ग जिल्लाको मध्यनेपाल नगरपालिका वडा नंं. ३, सोतीपसलमा ७२ औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
तनहूँ जिल्लाको कालीमाटीमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन भानु नरपालिकाका मेयर उदय राज गौलीले गरे भने स्थानीय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । त्यसका साथै लम्जुङ्ग जिल्लाको सोतीपसलमा खोलिएको सेवाको उद्घाटन मध्यनेपाल नगरपालिकाका मेयर रमेश कुमार पाण्डेले गरे र स्थानीय उपेन्द्र बाबु तिवारीलाई त्यस शाखारहित बैंकिङ्ग सेवाको व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ ।
कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेका त्यो क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरि ग्लोबल आइएमई बैंकले ती स्थानहरुमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले ११५ वटा शाखा, १२७ वटा एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर, १४ वटा राजश्व संकलन काउण्टर र ७२ वटा शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।
त्यसैगरी बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।
यसैबीच, ग्लोबल आइएमई बैंक लिमिटेडल आफ्नो एघारौँ वार्षिक उत्सवको अवसर पारेर नेपालको क्रिकेट खेलमा महत्वपूर्ण योगदान पु¥याय बापत सम्मान स्वरुप नेपाली राष्ट्रिय टिमका सदस्य एंव अन्डर नाइन्टिन (ग्(ज्ञढ) टिमका कप्तान दिपेन्द सिंह ऐरीलाई १ वर्षको लाई प्रयोजन गरेको छ । ग्लोबल आइएमई बैंक लि. को रजिष्र्टड कार्यालय कमलादीमा आयोजित एक समारोहकाबीच बैंकले ऐरीलाई प्रयोजन गरेको घोषणा गरेको हो । प्रायोजन पछि बैंकले ऐरीलाई एक वर्षका लागि रु. ४,००,००० (मासिक रु. २०,००० हजार र बाँकी रकमको क्उयचतक प्ष्तक० प्रदान गर्नेछ ।
फागुन १० गते बिहिबार ग्लोबल आइएमई बैंक लिमिटेडको कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले बैंकले नेपालको क्रिकेट खेल र खेलाडीलाई प्रोत्साहन गर्ने उद्धेश्यले नेपाली क्रिकेट टिमका सदस्य दिपेन्द्र सिंह एरीलाई सम्मान गरेको बताए । साथै उँहाले नेपाली क्रिकेट टोलीले नामिबियामा भएको विश्व क्रिकेट लिग – डिभिजन २ मा गरेको उल्लेखनीय प्रदर्शनको प्रसंशा गर्दै आउँदो विश्वकपको लागि हुने क्वालिफायर्सका लागि शुभकामना र अग्रिम बधाई पनि व्यक्त गरे ।
उक्त समारोहमा क्रिकेट खेलाडी ऐरीले बैंकले आफुप्रति देखाएको सम्मानले आफु उत्साहित भएको र भविष्यमा अझ राम्रो खेल्नको लागि अझ बढि प्रेरणा मिलेको बताए । सोहि समारोहमा नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेपाली क्रिकेट प्रति कर्पोरेट हाउसहरुले देखाएको सम्मानले आफुहरुलाई थप उर्जा प्रदान गरेको बताउँदै आगामी दिनमा पनि नेपाली खेलाडीहरुलाई माया र सम्मानको अपेक्षा गरे ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...