काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित ‘आइएमई डिजिटल’ र सिद्वार्थ बैंकबीच ‘आइएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
आइएमई डिजिटलका तर्फबाट प्रमुख संचालन अधिकृत डेनियल डी श्रेष्ठ र सिद्वार्थ बैंक लिमिटेडको तर्फबाट भुक्तानी विभाग प्रमुख सुरेश महर्जनले गत साता सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सिद्वार्थ बैंक लिमिटेड ‘आइएमई डिजिटल’ को बैंकिङ्ग साझेदार संस्था हुनेछ र बैंकले चाडै नै सेवाग्राहीहरूलाई आइएमई पे वालेटमा बैंक लिङ्क गर्ने लगायत बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्ने जस्ता सेवाहरू प्रदान गर्नेछ ।
साथसाथै सिद्धार्थ बैंकका सेवाग्राहीहरुले ‘आइएमई पे’ मा उपलब्ध रिचार्ज र विभिन्न प्रकारका अनलाइन भुक्तानी सेवाका अतिरिक्त मनी ट्रान्सफर सम्बन्धी सुविधा पनि पाउन सक्छन् ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...