साल्ट ट्रेनिङ्गको २५% बोनस शेयर – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

साल्ट ट्रेनिङ्गको २५% बोनस शेयर

साल्ट ट्रेनिङ्ग कर्पोरेशनको ५१औं वार्षिक साधारण सभाले २०७३÷०७४ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र १०प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिका अध्यक्ष श्री लक्ष्मीदास मानन्धरले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोवार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्य वस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति गरी सेवा पु¥याउँदै आएको बताए ।

अध्यक्ष मानन्धरले उक्त आ.व.को कारोवारबाट करकट्टी अगाडिको कुल मुनाफा रु. ७६ करोड ९३ लाख आर्जन गर्न सकेको र खुद मुनाफा ७ करोड ३६ लाख गरेको जानकारी दिए । अघिल्लो वर्ष २०७२÷०७३ मा कुल मुनाफा रु. ६१ करोड२४ लाख थियो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा देखिएको मन्दी, देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको कठिन परिस्थितिमा पनि कर्पोरेशनले विश्वसनीय र गुणस्तरीय सेवा पु¥याउंदै आफ्नो कारोवारमा सकारात्मक सुधार सहित अगाडि बढेकोे उनको धारणा थियो । सर्वसाधारण जनतालाई सुपथ मूल्यमा अति आवश्यक वस्तुहरु सुलभ तरिकाले उपलब्ध गराउने गहन सामाजिक दायित्व साल्ट ट्रेनिङ्गले बहन गर्दै आएको बताए ।

यस परिस्थितिमा आर्थिक उदारीकरण तथा खुल्ला बजार नीतिबाट सिर्जित उच्च प्रतिस्पर्धात्मक वातावरण र गहन सामाजिक उत्तरदायित्वबीच सामन्जस्य राखी आफ्नो व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेशनले देशका आम नागरिक एवं उपभोक्ताहरुलाई उच्च गुणस्तरको वस्तुहरु उचित मूल्यमा वर्षभरी नेपाल भर उपलब्ध गराउने तर्फ प्रतिवद्ध रही कार्य गरिरहको कुरा अध्यक्षले बताए । उनले नेपालमा ५ वर्ष मुनिका ९४.५ प्रतिशत बालबालिकाले आयोडिनयुक्त नून प्रयोग गरेको कार्यक्रममा जानकारी गराए । अन्तर्राष्ट्रिय एवं आन्तरिक बजारमा देखिएको उतार चढाव बीच कर्पोरेशनले यस वर्षको शुरुको ७ महिना माघ मसान्तसम्म रु. ६ अर्ब ६६ करोडको कारोवार गरेको छ ।गत वर्ष सोही अवधिमा रु.५ अर्ब ४१ करोडको कारोबार गरेको थियो ।

नेपाल सरकारले अनुदानमा बिक्री वितरण गर्ने रासायनिक मल चालु आ.व. २०७४÷०७५ को कुल रकमको कर्पोरेशनलाई प्राप्त हुने ३० प्रतिशन रकमबाट युरिया ५७ हजार मे. टन, डिएपी २२ हजार मे. टन आयात भई सकेको व्यहोरा जानकारी गराउदैं वर्षेनी हुने गरेको मलको अभावलाई विगत वर्ष देखिनै कर्पोरेशनले सन्तोषजनक रुपमा व्यवस्थापन गरिरहेको छ । अनुदान रकमबाट आयात गरिएको रासायनिक मलको परिमाण नेपालको कृषि बजारको आवश्यकता भन्दा कम रहेकोले खेती गर्ने मुख्य सिजनमा मलको अभाव हुन नदिन कर्पोरेशनको आफनै पहलमा कृषि विकास मन्त्रालयको सिफारिस एवं स्वीकृति लिई अनुदान बिनाकोअमोनियम सल्फेट र सिंगल सुपर फस्फेटआयात गरी बिक्री वितरण गरिरहेको छ । यसका अतिरिक्त स्वदेशी उद्योगहरुमा चिनीको उत्पादन न्यून भई चिनी अभाव हुन गईमूल्य वृद्धि हुने हुंदा चिनीको अभाव हुन नदिन नेपाल सरकारको निर्देशनमा मूल्य नियन्त्रणको लागि चिनी आयात गरी बिक्री वितरण गरिरहेको कर्पोरेशनले जनाएको छ ।

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ फाल्गुन २८, ०९: ३१

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो
  • २०७४ फाल्गुन २८, ०९: ३१

काठमाडौं :  स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु...

कुन महानगरपालिकाको बजेट कति ?
कुन महानगरपालिकाको बजेट कति ?
  • २०७४ फाल्गुन २८, ०९: ३१

काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...