सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड बीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिटिजन्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारी र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले बैंकको कुनै पनि शाखाबाट नेपाल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा, प्रिमियम रकम बुझाउन, बीमा लेख लिने, दावी भुक्तानीलगायत सम्पूर्ण बीमा सेवाहरु लिन सक्ने बैंकले जनाएको छ ।

यसबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै छिटो, छरितो र सहज रुपर्मा निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले काठमाडौं उपत्यकाभित्र २४ र बाहिर ४३ गरी कुल ६७ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखारहित बैकिङ्ग सेवाबाट आधुनिक बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

सम्बन्धित समाचार

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२.२३ रुपैयाँ, युरो १७३.९६ रुपैयाँ
  • २०७४ फाल्गुन २८, ०९: ३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७४ फाल्गुन २८, ०९: ३४

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...

राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
राष्ट्र बैंकद्वारा शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
  • २०७४ फाल्गुन २८, ०९: ३४

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५२...