लक्ष्मी बैंकले बढायो ब्याजदर – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

लक्ष्मी बैंकले बढायो ब्याजदर

काठमाडौं । लक्ष्मी बैंकले रिकरिङ डिपोजिट स्किमको ब्याज दर बढाएर १० प्रतिशत पु¥याएको छ । बैंकले बचत खाताजस्तो प्रकृति रहेको मुद्दति खाताको ब्याज बढाएको हो । बैंकले यसलाई ’लक्षित मुद्दती–रिकरिङ्ग डिपोजिट’ नाम दिएको छ ।

सो खातामा सर्वसाधारणले कम्तिमा ५०० रुपैयाँ जम्मा गर्नु पर्ने छ भने ग्राहकले जम्मा गर्ने रकम सुनिश्चित गरिसकेपछि हरेक महिना जम्मा हुने पैसा स्वत मुद्दति खातामा जाने जनाइएको छ । यो खातामा एक बर्षदेखि ५ बर्षसम्म सञ्चालन गर्न सकिन्छ । ग्राहकले ब्याज रकम आफ्नो बचत परिपक्व भएको अवस्थावा त्रैमासिक रुपमा खातामा जम्मा गर्ने विकल्प रोज्न सक्छन् । साथै सो खाता खोल्नेलाई बैंकले लक्ष्मी क्यपिटलमा निःशुल्क डिम्याट खाता खोल्ने सुविधा पनि उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख छ । बैंकका ७८ शाखा छन् ।

सम्बन्धित समाचार

मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
मधेश प्रदेश सरकारको खर्चमा तीव्र वृद्धि, ५६.३१ प्रतिशत बजेट कार्यान्वयन
  • २०७४ चैत्र १२, ०९: २९

प्रेमचन्द्र झा जनकपुरधाम : मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म कुल विनियोजित बजेटको ५६.३१ प्रतिशत खर्च...

११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
११ महिनामा भित्रियो २१ खर्ब २० अर्ब रेमिट्यान्स
  • २०७४ चैत्र १२, ०९: २९

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालमा रु २१ खर्ब २० अर्ब ८० बराबरको विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ चैत्र १२, ०९: २९

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...