देवः विकास बैंकको ४० प्रतिशत हकप्रद – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

देवः विकास बैंकको ४० प्रतिशत हकप्रद

काठमाडौं । देव विकास बैंक लिमिटेडले ४० प्रतिशत हकप्रद जारी गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा ६५ लाख ३३ हजार १०८.५९ कित्ता शेयर निष्कासन गर्न लागेको बताएको छ । बैंकको हकप्रदमा फागुन १६ गतेसम्म कायम शेयरधनीले फागुन २६ गतेदेखि २०७५ वैशाख ३० गतेसम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ । बैंकले साझा विकास बैंक र युनियन फाइनान्स एक्वायरपछि कायम चुक्ता पूँजी एक अर्ब ६३ करोड रुपैयाँको ४० प्रतिशत हकप्रद जारी गर्न लागेको हो ।

हकप्रद पूँजीकरणपछि बैंकको चुक्ता पूँजी २ अर्ब २८ करोड ६५ लाख ८८ हजार ७ रुपैयाँ ३५ पैसा पुग्ने बैंकले जनाएको छ । बैंकको हकप्रदमा एनआईबीएल एस क्यापिटल मार्केट मुख्य कार्यालय लाजिम्पाट, शाखा कार्यालय लालदरबार काठमाडौं, लगनखेल, ललितपुर तथा चिप्लेढुँगा पोखरा साथै देव विकास बैंकको केन्द्रीय कार्यलय लालदरबार तथा धुलिखेल, कोटेश्वर, नारायाणगढ, टंगल, पाँचखाल, न्यूरोड, मलेखु, कुस्मा, बट्टार, भक्तपुर, बालाजु, बोनश्वर, मेलम्ची, धार्के, बसुन्धरा, गैंडाकोट, आरुङ्गखोला, दलदले, टाँडी, खोलेसिमल, चनौली, लंकु, गीतानगर, देवदह, मंगलपुर, माडी, इटहरी, पथरी, नक्साल, पोखरा, न्यूरोड, धनगढी, टिकापुर, महेन्द्रनगर, जोशीपुर, आईबि आर डि, बुडर, पहलमानपुर, लम्की, चाबहिल एक्सटेनसन काउन्टर, काँडाघरी एक्सटेनसन काउन्टर, कुन्तावेशी एक्सटेनसन काउन्टर, बनेपा एक्सटेनसन काउन्टर, मझुवा एक्सटेनसन काउन्टर, महादेवबेशी सिमित बैंकिङ इकाई, चरौंदी सिमित बैंकिङ इकाई, चरौंदी सिमित बैंकिङ इकाइ, फलेबास सिमित बैंकिङ इकाइ, सुकुटे सिमित बैंकिङ इकाइ लगातयका शाखाबाट आवेदन दिन बताइएको छ ।

सम्बन्धित समाचार

असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
असार मसान्तसम्म ५४.५२ प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा गति सुस्त
  • २०७४ चैत्र १२, ०९: ३०

काठमाडौँ : चालु वर्ष असार महिना सकिन लाग्दासम्म देशभर धान रोपाइँ करिब ५५ प्रतिशत पुगेको छ। कृषि तथा पशुपन्छी विकास...

सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
सुनको मूल्य तोलामा ८ सय र चाँदी ५५ रुपैयाँले बढ्यो
  • २०७४ चैत्र १२, ०९: ३०

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य...

बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
बुधबारदेखि भरी ग्यास सिलिन्डर पाइने
  • २०७४ चैत्र १२, ०९: ३०

काठमाडौं : नेपाल आयल निगमले बुधबारदेखि एलपी ग्यासको साविककै १४.२ केजी क्षमताको पूरा सिलिन्डर बिक्री–वितरण पुनः सुरु गर्ने निर्णय गरेको...