काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय रविन्द्र अधिकारीले बुधवार चन्द्रागिरि केवलकारको अनौपचारिक भ्रमण गरे । भ्रमण गर्न पुगेका मन्त्रीलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा संचालक समितिका सदस्यहरु एवम महाप्रवन्धकले स्वागत गदै परियोजनाको स्थलगत भ्रमण गराएका थिए ।
भ्रमणका क्रममा उपस्थित संचारकर्मीसंग संक्षिप्त कुराकानी गदै पर्यटन मन्त्रीले सडकसंजाल र विमानस्थल जस्ता मुख्य मुख्य पर्यटकीय पूर्वाधार निमार्ण गर्ने दायित्व राज्यको भएको बताए । त्यसपछिका पर्यटकीय पूर्वाधार र पर्यटकीय उत्पादन तयार गर्ने काममा नेपालको नीजि क्षेत्रलाई पर्याप्त प्रोत्साहन गर्नुपर्ने कुरामा जोड दिदै तब मात्र चन्द्रागिरि र चन्द्रागिरि जस्तै सुन्दर सयौ पर्यटकीय गन्तव्यको लाभ नेपालको अर्थतन्त्रले हासिल गर्न सक्ने बताए ।
अब तोकिएका काम तोकिएकै समयमा निर्माण सम्पन्न भैसक्नुपर्ने गरि कार्यतालिका निर्माण गरेर काम गर्न लागिएको जानकारी दिँदै अव काम गरेर देखाउने वाहेक अन्य सुविधा आफुलाई नरहेको बताए । पर्यटन मन्त्रालयमा आफ्नो जिम्मेवारी समस्त पर्यटन व्यवसायीहरुको लागि असल अविभावक भएको भन्दै नेपालको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढाउन सबैलाई सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सरकार आसन्न भ्रमण वर्ष २०२० मा वार्षिक १५ लाख पर्यटक भित्रयाउने योजनाका साथ अगाडी बढीरहेको बताउँदै पर्यटकीय पूर्वाधारहरुको निमार्णमा सहजिकरण तथा सुरक्षाको पूर्ण दायित्व राज्यले लिने जानकारी दिए । उक्त अवसरमा चन्द्रागिरि लगायत नेपालका सम्पूर्ण पर्यटकीय गन्तब्यहरु विश्वका पर्यटकहरुका लागी सुरक्षित रहेकोले भ्रामक सन्देश प्रवाह नगर्न सबैलाई आग्रह गरे । ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदी दुवैको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य तोलामा रु...
काठमाडौं : देशका ६ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका छन्। ६ महानगरको कुल बजेट आगामी...