काठमाडौं । सिभिल बैंकले नेपाल राष्ट्र बैंकद्वारा निर्दिष्ट गरिए बमोजिम विपन्न वर्ग कर्जा कार्यक्रमको सीमालाई अझ प्रभावकारी र फराकिलो बनाउन विवेक अटोमोबाइल्स प्रालिसँग सम्झौता गरेको छ ।
उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस अफिसर सुजित कुमार शाक्य र विवेक अटोमोबाइल्स प्रालिको तर्फबाट कार्यकारी निर्देशक विवेक दुगडले हस्ताक्षर गरेका छन् । नेपालको विभिन्न स्थानमा यात्रु ओसारपसार तथा सामान ढुवानीको लागी अति उपयुक्त तथा प्रभावकारी साधानको रुपमा तीन पांग्रे सवारी साधानलाई लिईन्छ जुन सानो पुँजीको लगानीबाटै शुरुवात गर्न सकिन्छ ।
यस सम्झौता अनुरुप बैंकले विपन्न वर्ग कर्जा कार्यक्रम अन्तर्गत इटालियन ब्रान्डको तीन पांग्रे सवारी साधान ‘पियाजो’लाई सरल तथा छरिटो तवरले ७० प्रतिशतसम्म लगानी गर्नेछ । यस सम्झौताबाट बैंकले नेपालको विभिन्न स्थानमा रहेका बेरोजगार युवालाई रोजगारीको सिर्जना गर्न सहज बाटो बनाइदिने कुरा बैंकका चिफ विजिनेस अफिसर सुजितकुमार शाक्यले बताए । बैंकले यसअघि पनि ५९ शाखा तथा ९ शाखारहित बैंकिङमार्फत् विपन्न वर्ग कर्जा परिचालन गर्दै आइरहेको छ ।
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...