गण्डकी विकास बैंकको शाखा विराटनगरमा – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

गण्डकी विकास बैंकको शाखा विराटनगरमा

काठमाडौं । गण्डकी विकास बैंकले बिराटनगरमा शाखा खोलेको छ। शाखाको बिराटनगर महानगरपालिकाका मेयर भिम पराजूलीले उद्घाटन गरे । बैंकका अध्यक्ष जगन बहादुर गुरुङले गण्डकी विकास बैँकले शहरी एवं ग्रामीण र वित्तीय पहुँच नपुगेका ठाउँहरुमा पनि शाखा विस्तार गर्दै लैजाने र र मुनाफालाइ मात्र नहेरी संस्थागत सामाजिक उत्तरदायित्व समेतलाई विशेष जोड दिने बताए ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले बैंकको वित्तीय अवस्था, बैंकले प्रदान गर्ने सेवा सुविधाको साथै विविध गतिविधीको वारेमा जानकारी दिएका थिए । शाखाबाट निक्षेप संकलन, कर्जा प्रवाहका साथमा एबिबिएस, एटिएम, एसएमएस, मोवाइल बैँकिङ्ग, रेमिटेन्स सेवासहितको पूर्ण बैँकिङ्ग सेवा संचालन गरिएको बैंकले जनाएको छ । बैंकले छिट्टै नै काठमाडौंको नयाँ बानेश्वर, रुपन्देहीको बेलहिया, नेपालगञ्ज, घोराही, धनगढी, हेटौडा, तानसेन, पोखराको रत्नचोक र चितवनको पर्सामा आफ्नो शाखा खोल्ने तयारी गरेको जानकारी विज्ञप्ती मार्फत दिएको छ ।
बैंकले आ.व. २०७३÷७४ मा संचालन मुनाफा ८५ करोड रुपैयाँ आर्जन गरेको र सोही अवधिसम्म निक्षेप १८ अर्ब ३३ करोड रुपैयाँ, कर्जा १६ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको जनाएको छ । साथै बैंकको निष्कृय कर्जा ०.४ प्रतिशत रहेको छ । बैकले केन्द्रीय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी दोहोरिएका शाखा मर्ज पश्चात ५३ वटा शाखा कार्यालय मार्फत बैकिङ्ग सेवा दिँदै आइरहेको छ । न्यून आय भएका व्यक्तिलाई विपन्न वर्ग कर्जा तथा समूहमा आवद्ध लघु वित्तकर्जा पनि प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
सरकारी कार्यालयको बिजुली बिल अब अनलाइनबाटै भुक्तानी हुने
  • २०७४ मंसिर ४, ०९: ३८

काठमाडौँ — सरकारी कार्यालयहरूले खपत गरेको विद्युतको महसुल अब पूर्ण रूपमा डिजिटल माध्यमबाट भुक्तानी हुने भएको छ। यसका लागि नेपाल...

रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
रेमिट्यान्स पठाउनेलाई फाइदा: मलेसियाली रिङ्गिट, कतारी रियाल र दिरामको भाउ बलियो
  • २०७४ मंसिर ४, ०९: ३८

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको आधिकारिक खुला बजार विनिमय दर सार्वजनिक गरेको छ। आजको...

नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
नेप्सेमा ६.३८ अंकको गिरावट, सूचक घट्दा पनि कारोबार रकम भने ३ अर्ब ७४ करोड माथि
  • २०७४ मंसिर ४, ०९: ३८

काठमाडौँ — धितोपत्र बजारमा अघिल्लो दिनको सुधारलाई निरन्तरता दिन नसक्दा आज (बुधबार) नेप्से सूचक ६.३८ अंक (०.२४%) ले घटेर २५७२.३४...