काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय निकायमा कमर्सियल बैंकलाई आफ्नो सेवा पु¥याउन निर्देशन गरेसँगै बैंकहरुले शाखा खोल्न आवश्यक जनशक्ति माग गर्न थालेका छन् ।
यसै क्रममा मेगा बैंकले एकसय १३ जनाको आवेदन माग गरेको छ । बैंकले आगामी दिनमा सिरहा, पाँचथर, सिन्धुपाल्चोक, सर्लाही, बर्दिया, गोर्खा, धादिङ, तनहु, धनुषा, उदयपुर, स्याङ्जा, ओखलढुङ्गा, इलाम र धनुषामा शाखा कार्यालय खोल्ने भएको छ । नयाँ शाखाका लागि बैंकले २६ जना ब्रान्च म्यानेजर सहित २९ जना अफिसर लेभलका कर्मचारीको माग गरेको छ । त्यस्तै बैंकले असिस्टेन्ट लेभलका ६६ जना र ट्रेनी असिस्टेन्टको लागि १७ जना कर्मचारी माग गरेको हो ।
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलर एकको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । हिजो बिहीबारको तुलनामा सुन तोलामा रु दुई हजार ७०० र चाँदी...