सानिमा बैंक र एक्सिस बैंकबीच सम्झौता – Naya Bikalpa
October 14, 2026, Wednesday      Epaper

सानिमा बैंक र एक्सिस बैंकबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र भारतको एक्सिस बैंक बीच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत भारतबाट पठाएको रकम सानिमा बैंकको ४७ शाखालगायत नेपालभरका सातहजारभन्दा बढि आधिकारिक प्रतिनिधिमार्फत भुक्तानी लिन सकिने बैंकल जनाएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र एक्सिस बैंकको तर्फबाट वित्तिय संस्था समुहका प्रमुख अशोक गौतमले हस्ताक्षर गरेका थिए ।
भारतबाट नेपाल पैसा पठाउदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा जम्मा गर्न पनि सकिने बैंकले जनाएको छ । आन्तरिक रेमिट्यान्स सेवाको साथै सानिमा एक्सप्रेसले यू.ए.ई, कतार, यू.के, कोरिया लगायत विश्वभरिबाट एक्सप्रेस मनिको सहकार्यमा रेमिट्यान्स सेवा दिँदै आइरहेको जनाएको छ । सानिमा बैंकले छिटै आफनो रेमिट्यान्स सेवा अरु देशहरुबाट पनि संचालनमा ल्याउने तयारी गरीरहेको जानकारी समेत दिएको छ । बैंकले यस सम्झौता अनुरुप सानिमा बैंक मार्फत सजिलो र भरपर्दो माध्यमबाट भारतमा बस्ने नेपालीहरुले रेमिट्यान्स सेवा लिन सक्ने बताएको छ ।
त्यसैगरी, सेञ्चुरी कमर्सियल बैंकले अमेरिकी डलरसँगै अन्य विदेशी मुद्रासमेत चल्ने नयाँ कार्ड प्रयोगमा ल्याएको छ । बैंकले भारतको एक्सिस बैंकसँगको सहकार्यमा ‘मल्टिपल करेन्सी कार्ड’ प्रयोगमा ल्याएको हो । सेञ्चुरी बैंकले प्रयोगमा ल्याएको कार्डमा १६ देशमा मुद्रा चल्ने छ । बैंकले विदेशी मुद्राको अभाव भइरहेका बेला विश्वका १६ वटा मुद्राको काम एउटै कार्डले गर्ने भएकाले नेपालीलाई बाहिर जान कागजी नोटको समस्या नपर्ने पत्रकार सम्मेलनमा मार्फत जानकारी गराएको छ ।
बैंकले एक्सिस बैंकसँगै सहकार्यमा भारतबाट नेपाल रेमिट्यान्स भित्र्याउने कार्यको औपचारिक शुरुवात गरेको छ । एक्सिस बैंकका ३५ सय शाखाबाट पठाएको पैसा नेपालको सेञ्चुरी बैंकबाट झिक्न सकिन्छ । ‘यसबाट बैंकको ग्राहक संख्यामा बृद्धि भइ सर्वसाधारणलाई समेत सहज सेवा उपलब्ध हुने बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले बताउँछन् । बैंकले चाँडै दुई वित्तीय संस्थालाई गाभेर एकीकृत कारोबार सुरु गर्दैछ । बैंकले ४० प्रतिशत हकप्रद शेयर जारि गरिसकेको छ भने अब बोनस सेयर जारि गरेर चुक्ता पूँजी ८ अर्ब पु¥याउने लक्ष्य लिएको छ ।

सम्बन्धित समाचार

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७४ मंसिर ४, ०९: ४३

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...

उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन सीमानाका किमाथाङ्काको
उत्तरी संखुवासभाको हटियामा बल्यो राष्ट्रिय प्रसारणको बिजुली, अब पालो चीन सीमानाका किमाथाङ्काको
  • २०७४ मंसिर ४, ०९: ४३

खाँदबारी — नेपाल विद्युत् प्राधिकरणले सङ्खुवासभाको दुर्गम उत्तरी भेगमा पर्ने भोटखोला गाउँपालिका–३, हटियामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति सुरु...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७४ मंसिर ४, ०९: ४३

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...