मुक्तिनाथको नयाँ शाखा बिराटनगरमा – Naya Bikalpa
October 18, 2026, Sunday      Epaper

मुक्तिनाथको नयाँ शाखा बिराटनगरमा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित मेनरोड जलजला चोकमा आफ्नो ७८ औं शाखा विस्तार गरेको छ । बुधबार नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. १ का अध्यक्ष नरेन्द्र कुमार खड्काले शाखा कार्यालयको उद्घघाटन गरेका थिए ।

शाखा उद्घघाटन गर्दै अध्यक्ष खड्काले प्रदेश १ का ग्रामीण तथा शहरी संभावित बजार क्षेत्रमा अन्य शाखा खोल्न सुझाव समेत दिएका छन् । कार्यक्रममा बैंकका ब्राण्ड एम्बास्डर सिताराम कट्टेल(धुर्मुश) र कुञ्जना घिमिरे(सुन्तली) ले मुक्तिनाथ विकास बैंक बैंकिङ्ग कारोबारसंग मात्र नभई सामाजिक उत्तरदायित्वमा पनि संगसंगै अगाडि बढेको बैंक भएको बताए ।

कार्यक्रममा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी दिएकी थिइन् ।

सम्बन्धित समाचार

भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
भदौमा २ खर्ब २१ अर्ब रेमिट्यान्स भित्रियो
  • २०७५ बैशाख ३१, ०८: २४

काठमाडौं : चालु आवको भदौ महिनामा दुई खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ बैशाख ३१, ०८: २४

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...

विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
विदेशी मुद्राको ताजा विनिमय दर सार्वजनिक: डलरको बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा, कुवेती दिनार सबैभन्दा महँगो
  • २०७५ बैशाख ३१, ०८: २४

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको खुला बजार विनिमय दर (Reference Rate) सार्वजनिक गरेको छ। आज...