आर्थिक वर्ष सकिन लाग्दा दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

आर्थिक वर्ष सकिन लाग्दा दैनिक ५ अर्ब बढी राजस्व उठाउँदै सरकार


नयाँ विकल्प,

काठमाडौं – दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ ।

असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धेरै राजस्व उठ्ने गरेको छ । गत जेठमा ५१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष असार २४ गतेसम्म ७ खर्ब १७ अर्ब ५ करोड ९४ लाख रुपैयाँ राजस्व उठेको थियो ।

वर्ष असारको २४ दिनमा ६७ अर्ब बढी राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा छ । यस आधारमा हेर्दा गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व उठेको देखिन्छ ।

सरकारले चालु आर्थिक वर्ष ८ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८६.१६ प्रतिशत हो । यो कर तथा गैर कर आम्दानी हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य बजेट मार्फत लिएको थियो ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ असार २५, २२: ५३

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ असार २५, २२: ५३

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
बाढीपहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
  • २०७८ असार २५, २२: ५३

काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...