आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने

नयाँ विकल्प

काठमाडौं- मुलुकको आन्तरिक हवाई उडान पूर्णरूपमा सञ्चालन हुने भएको छ। नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै आन्तरिक उडान पूर्णरूपमा सञ्चालन गर्ने अनुमति दिएको हो।

क्यानको अनुमति अनुरूप त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले सम्बन्धित एयरलाइन्सलाई परिपत्र गरी स्वास्थ्य सावधानीका साथ उडान सञ्चालनको तालिका निर्धारण गर्ने क्यानका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए। उनका अनुसार विमानस्थल कार्यालय र एयरलाइन्सबीच शुक्रबार नै बैठक बसेर उडान पूर्ण सञ्चालनको तालिका बनाइनेछ। वायु सेवा सञ्चालकको छाता सङ्गठन नेपाल वायु सेवा सञ्चालक सङ्घले यात्रु उद्धार सहज र सस्तोका लागि उडान सङ्ख्या थप्न सरकार समक्ष माग गर्दै आएको थियो।

यसअघि कोभिड–१९ महामारीको जोखिम कायम रहेकाले कोभिड अघिको जम्मा उडान सङ्ख्याको ५० प्रतिशत मात्र उडान सञ्चालन गर्न अनुमति दिइएको थियो। यही असार १७ देखि नियमित आन्तरिक उडान शुरु भएको थियो। मुलुकमा निषेधाज्ञा लागू भए पनि गत वैशाख २० देखि आन्तरिक उडान स्थगन गरिएको थियो। आन्तरिक उडानतर्फ १० हेलिकप्टर कम्पनीसहित २० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ असार २६, ०८: १२

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो
  • २०७८ असार २६, ०८: १२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ असार २६, ०८: १२

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...