
नयाँ विकल्प,
काठमाडौं – साताको चौथो कारोबार दिन बुधवार कारोबारमा आएका २१४ ओटा कम्पनीमध्ये ६ कम्पनीको शेयरमूल्य उच्च दरमा वृद्धि भएको छ ।
यो दिन हिमालयन पावर पार्टनर, नेपाल फाइनान्स, कालिका पावर कम्पनी, सुवागढी हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप र साञ्जेन जलविद्युत् कम्पनीको शेयरमूल्यमा वृद्धि भएको हो ।
ती कम्पनीहरुमध्ये हिमालयन पावर पार्टनरको शेयरमूल्य सबैभन्दा बढी अर्थात् अघिल्लो कारोबार दिनको तुलनामा ८ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५४ पुगेको हो ।
त्यसैगरी नेपाल फाइनान्सको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा ७ दशमलव ७१ प्रतिशत, कालिका पावरको ७ दशमलव ११ प्रतिशत,रसुवागढी हाइड्रोपावरको ५ दशमलव ९४ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ५ दशमलव ७३ प्रतिशतले वृद्धि भएको छ ।
ती पाँच ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयरमूल्य बढेको हो । त्यसोत पछिल्लो समय लगानीकर्ताले पर्ख र हेरको नीतिलाई अबलम्वन गर्दै समूहगत लगानी गरिरहेका छन् ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...