
नयाँ विकल्प,
काठमाडौं – मंगलबार सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक २६।०२ अंकले बढेर अधिकतम ३ हजार १११।०९ बिन्दुमा पुगेको हो ।
जुन हालसम्मकै उच्च बिन्दु हो । यसअघि नेप्से परिसूचक करिब एक महिना अघि मात्र ३ हजार एक सय क्रस गरेको थियो ।
यस दिन बजार खुलेको कहीँ समय भित्रै ३१ सय क्रस गरेको नेप्सेले सो गतिलाई बजार बन्द हुने अन्तिम समय निरन्तता दिँदै ३१ सय ११ विन्दु माथिको स्थान कायम गर्न सफल भएको हो ।
यस दिन कुल साढे ११ अर्ब माथिको कारोबार हुँदा दुई वटा कम्पनी पाँचथर पावर कम्पनी लिमिटेड र रुरु पावर कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने जीवन विकास लघुवित्त, युनियन लाइफ जीवन बीमा, घलेम्दी हाइड्रो पावर र लिबर्टी इनर्जी कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९ प्रतिशत माथिले वृद्धि भएको छ ।
यता, यस दिन सबै भन्दा बढी गुमाउनेमा भने युनिलिभर नेपाल लिमिटेड रहेको छ । जसको सेयर धनीहरुले आज अधिकतम ३।७९ प्रतिशतले गुमाएका छन् ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...
काठमाडौं : सुनसरीको कप्तानगञ्जमा भएको दुःखद् घटनालाई लिएर आमरण अनसनमा बसेका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको मागप्रति नेपाली कांग्रेस...