अर्थ मन्त्रालयले माग्यो सर्वोत्तम सेयर प्रकरणमा नेप्से ओटीसी विवरण – Naya Bikalpa
August 8, 2026, Saturday      Epaper

अर्थ मन्त्रालयले माग्यो सर्वोत्तम सेयर प्रकरणमा नेप्से ओटीसी विवरण

नयाँ विकल्प,

काठमाडौं – गलत तरिकाले सेयर कारोबार भएको भन्दै अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग ओटीसी विवरण माग गरेको छ ।

पहिलो पटक बुक बिल्डिङमार्फत ६० लाख कित्ता बराबरको साधारण सेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर चलखेल गर्दै नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना, नेप्सेका अध्यक्ष चन्द्रसिंह साउद र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष समेत रहेका बोर्डका सदस्य चन्द्रप्रसाद ढकालले चलखेल गरेको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयले छानविन शुरु गरेको हो ।

यसअघि धितोपत्र बोर्डका अध्यक्ष ढुंगानासँग अर्थमन्त्रालयले समाचार बारे स्पष्टिकरण सोधिसकेको छ ।

विवाह गरेर गाइसकेकी छोरीले खरिद गरेको सेयरमा आफ्नो कुनै संलग्नता नभएको प्रष्ट पार्दै अध्यक्ष ढुंगानाले त्यसमा आफुलाई जोडेर हेर्नुपर्ने कुनै कारण नभएको र एकाघरको भन्न पनि नमिल्ने जवाफ पठाएका छन् ।

उक्त जवाफ चित्त बुझ्दो नभएपछि अर्थमन्त्रालयले थप छानविनका लागि शुक्रबार नेप्सेसँग कम्पनीको सेयर कारोबार विवरण (ओटीसी) मगाएको हो ।

बजारमा सर्वोत्तम सिमेन्टको कुल ६० लाख कित्तामध्ये ११ हजार ९१२ कित्ता सेयर अध्यक्ष ढुंगानाले आफ्नी छोरी रेबिका ढुंगानाको नाममा, १ लाख १९ हजार ११७ कित्ता सेयर उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आफै सहोदर भाइ हेमराज ढकालको नाममा र १० हजार कित्ता सेयर नेप्सेका अध्यक्ष चन्द्रसिंह साउदले आफ्नी श्रीमती सुशीलाकुमारी बोहराको नाममा भित्री चलखेलका आधारमा खरिद गरेको आरोप लागेको छ ।

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ श्रावण २२, २२: ३०

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...

धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
धनकुटा उद्योग वाणिज्य सङ्घद्वारा कार्यकालका उपलब्धि सार्वजनिक
  • २०७८ श्रावण २२, २२: ३०

धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ श्रावण २२, २२: ३०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...