बिहीबारदेखि अवरुद्ध बुटवल-नारायणगढ सडक अझै खुल्न सकेन – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

बिहीबारदेखि अवरुद्ध बुटवल-नारायणगढ सडक अझै खुल्न सकेन


नयाँ विकल्प,

बुटवल

अविरल बर्षापछि आएको बाढीले सडकको पुल भत्किँदा अवरुद्ध बुटवल-नारायणगढ सडकखण्ड अझै खुल्न सकेको छैन।

बुटवल-नारायणगढ सडकका ठाउँठाउँमा पुल, कल्भर्ट भत्किएपछि सडक अवरुद्ध भएको हो। तर, भत्किएका, भासिएका पुलको मर्मत गर्न केही समय लाग्ने भएकाले तत्कालै सडक सुचारु नहुने जनाइएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको बुटवल-सुनवल खण्डमा मात्रै चार स्थानमा पहिरो गएको छ भने पुल भाँसिकाे लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ।

रुपन्देहीको देवदह नगरपालिका-७ स्थित घोडाहा खोलाको पुल र पश्चिम नवलपरासीको सुनवल नजिकै रहेको तुरियामायी पुल भासिएको लुम्बिनी ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए।

त्यसैगरी, सुनवल नगरपालिकामा पर्ने राजमार्गका तीन स्थानमा पनि सडक अवरुद्ध छ।

भूमही भैरहवा सडकखण्ड अन्तर्गत रुपन्देही र नवलपरासी सीमा क्षेत्र मौवाखोला पुल पनि क्षतिग्रस्त भएको छ।

दैनिक हजारौं गाडी ओहोरदोहोर हुने सडक नै अवरुद्ध भएपछि यात्रु मारमा परेका छन्। ओभरलोडसँगै नदी र खोलामा अनियन्त्रित दोहनले पुल र सडकको दूरावस्था हुने गरेको नेपाल ट्रक यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले बताए।

नदीजन्य पदार्थको चरम दोहन र मापदण्डभन्दा बाहिर गएर नदीजन्य पदार्थ निकाल्नु पनि अर्को एक प्रमुख कारक बनेको छ। नदी र खोला क्षेत्रको बहाव क्षेत्रलाई अतिक्रमण गर्ने तथा अत्यधिक दोहोनले समस्या सृजना गरेको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयराज मरासिनीले बताए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो
सुनको मूल्य तोलामा १ हजार २ सयले घट्यो, चाँदी पनि सस्तियो
  • २०७८ भाद्र १२, ०८: ४४

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य तोलामा १...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र १२, ०८: ४४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र १२, ०८: ४४

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...