
नयाँ विकल्प,
गोरखा- गोरखाको सहिद लखन गाउँपालिकामा रहेको मनकामना केबलकार आज (आइतबार)देखि पुनः सञ्चालनमा आएको छ। कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द केबलकार सञ्चालनमा आएको हो।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को निर्णय अनुसार केबलकार सञ्चालनमा आए पनि पूजा भने मन्दिर बाहिरबाटै गर्नुपर्नेछ। केबलकार चढ्न जानेले अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने छ।
डिसिसिएमसी गोरखाले गोरखामा निषेधाज्ञा पनि हटाएको छ।
काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
काठमाडौं : बाढीपहिरोका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले आज बिहान ५ः४५ बजेसम्म अवरुद्ध...