आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप दुई शाखा – Naya Bikalpa
October 11, 2026, Sunday      Epaper

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप दुई शाखा

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको क्रममा आफ्ना थप दुई शाखा कार्यालयहरु चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा यसै महिना श्रावण ९ गते उद्घाटन भएको छ ।

कम्पनीको टांडी शाखाको उद्घाटन रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी र कम्पनीका प्रमुख कर्याकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका हुन् । त्यसैगरी कावासोती शाखा कार्यालयको उद्घाटन नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

उक्त उद्घाटन समारोहमा स्थानिय उद्योगी, व्यापारी, व्यावसायीहरु लयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरीनै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी दिएका थिए ।

कम्पनीको उद्घाटन भएको शाखाहरु सहित ४० वटा शाखा २ सम्पर्क कार्यालय तथा १० वटा सेवा काउण्टरहरु सहित ५२ स्थानबाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्नेे बताइयो ।

त्यसैगरी कम्पनीको चुक्ता पुंजीको सम्बन्धमा १० शेयर बराबर ८ शेयरका दरले हकप्रद शेयर जारी पश्चात कम्पनीको चुक्ता पूंजी रु.९७ करोड २० लाख पुग्ने र तत् पश्चात ५ प्रतिशत बोनस शेयर प्रदान गरी कम्पनीको चुक्ता पुंजी १ अरब २ करोड ६ लाख पु¥याईने जानकारी गराउंदै यस आर्थिक बर्ष २०७५।०७६ मा थप १२ शाखाहरु खोली आफ्नो शाखा सञ्जाललाई देशको विभिन्न भागमा विस्तार गर्दै चुस्त सेवा प्रदान गर्ने जानकारी गराएका छन् ।

उक्त कार्यक्रममा श्रेष्ठले कम्पनीले आफ्ना ग्राहकहरुलाई सहज बीमा सेवा प्रदान गर्नको लागि सार्वजनिक विदाको दिनमा पनि बीमा सेवा प्रदान गर्ने गरी प्रधान कार्यालयन नक्शालबाट ३६५ दिने बीमा सेवा शुरु गरिसकिएको जानकारी दिंदै कम्पनीले गत आ.ब.२०७४।०७५ मा १ अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको जानकारी दिए ।

बीमा शुल्क अघिल्लो आ.ब.को तुलनामा ४४ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले आफ्ना शाखा तथा सम्पर्क कार्यालयहरु मार्फत ग्राहकहरुलाई उच्च कोटीको चुस्त तथा सहज सेवा प्रदान गरी देशको कुना कुनासम्म बीमासेवा प्रदान गर्ने जानकारी गराउंदै उपस्थित सबै ग्राहकहरुलाई आफ्नो सम्पत्तीको पूरा मूल्यमा बीमा गराउन पनि अनुरोध गरिउको थियो ।

कम्पनीले आ.ब. २०७५।०७६ मा स्वास्थ्य बीमामा विषेश जोड दिइने नीति लिएको जानकारी दिंदै सुलभ स्वास्थ्य बीमाको लागि जतिसक्दो छिटो कम्पनीको शाखाहरुमा सम्पर्क गरी यो सेवा लिन पनि सबैलाई आग्रह गरिएको छ ।

सोही कार्यक्रमहरुमा प्रमुख अतिथी द्धय साथै विभिन्न संघ, संस्था, स्थानीय उद्योगी, व्यापारी तथा व्यावसायीहरुले कम्पनीले शाखा संञ्जाल विस्तार गर्ने क्रममा टांडी र कावासोतीलाई पनि उच्च स्थानमा राखी स्थानिय स्तरमा सेवा प्रदान गर्नको लागि रत्ननगर, टांडी र कावासोती, नवलपरासीमा शाखा विस्तार गरी बीमा सेवा प्रदान गर्ने प्रण गरेकोमा कम्पनीका अध्यक्ष, संचालक समिति लगायत व्यवस्थापनलाई धन्यवाद दिंदै कम्पनीको उत्तरोत्तर प्रगतिको कामनाको साथ कम्पनीसंग व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

सम्बन्धित समाचार

सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
सुदूरपश्चिम सरकारले ल्यायो ३७ अर्ब ७० करोडको बजेट
  • २०७५ श्रावण १४, ०८: ०२

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ श्रावण १४, ०८: ०२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ श्रावण १४, ०८: ०२

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...